२०८० असार १६, शनिबार ०८:४४

काठमाण्डौ – पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणघाट सडकखण्ड खुलाउनको लागि काम भैरहेको छ । तर पानी परिरहेको र माथिबाट ढुंगा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक बिहान फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो । २८ घण्टासम्म रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै फेरि आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

माथिबाट लगातार ढुंगा झरिरहने भएकाले यो ठाउँमा जोखिम बढेको प्रहरीले जनाएको छ । पूर्व र पश्चिमबाट काठमाण्डौ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ुलाइफलाइनु पनि भन्ने गरिन्छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाण्डौ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय