काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार परीक्षामा ३।६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २।९ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ । त्यस्तै, ३।२ देखि ३।६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २।८ देखि ३।२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २।४ देखि २। ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।
सबैभन्दा धेरै २ देखि २।४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए । एसईईमा १।६ देखि २।० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १।२० देखि १।६० जीपीए ल्याउने ३८ हजार ७७० र ०।८० देखि १।२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।