२०८० श्रावण २५, बिहीबार ०६:५७

बाणगंगा, 
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बाणगंगाले संघीय शिक्षा ऐनमा रहेका विवादास्पद प्रावधानहरू संशोधन नगरे विद्यालयहरू बन्द गर्ने चेतावनी दिएको छ । बुधबार बाणगंगा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्याब्सन बाणगंगाले यस्तो चेतावनी दिएको हो । उक्त पत्र नगरपालिकाका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसीलाई उक्त पत्र बुझाईएको हो । विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको “विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८० मा रहेका विवादास्पद प्रावधानहरू संशोधन गरी आफूहरूको माग समावेश नगरे बाणगंगा नगरपालिकामा निजी लगानीबाट संचालित विद्यालयहरु बन्द गर्ने प्याब्सन बाणगंगाको चेतावनी छ । शिक्षा ऐनमा उल्लेख गरिएका विवादास्पद प्रावधान समयमा नै नसच्चाए विद्यालयहरु बन्द गरि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने प्याब्सन बाणगंगाका अध्यक्ष सुरेन्द्र पाण्डेले चेतावनी दिए । उनले सरोकारवालाका सुझावहरूलाई वेवास्ता गरी उक्त विधेयक तयार गरिएको भन्दै आपत्ति समेत जनाएका छन् ।


प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनु पर्ने लगायतका बाध्यात्मक प्रावधान समावेश गरिनु संविधानको भावना विपरित, अव्यवहारिक र दुराशययुक्त रहेको बताए । उनले निजी लगानीका विद्यालयको छाता संगठनको प्रतिनिधित्व हुनु पर्ने विभिन्न समिति तथा उपसमितिहरूमा समेत वेवास्ता गरी प्रस्ताव गरिएको विद्यमान विधेयक विभेदकारी र अन्यायपूर्ण रहेको बताए । यथास्थितिमा विधेयक पारित भएमा निजी लगानीका विद्यालयहरूको वृद्धि, विकास, सुरक्षा, संरक्षण र सम्बर्द्धन, असंभव मात्र नभई यस्ता विद्यालयहरू बन्द हुने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय