२०८० श्रावण २९, सोमबार ०६:३२

कपिलवस्तु-  भारतले चामल आयातमा रोक लगाए लगत्तै तस्करी बढे पछि सशस्त्र प्रहरीले सिमा नाकामा कडाई गरेको छ । चामल लगायत सामानको तस्करी बढेको गुनासो बढे पछि सशस्त्र प्रहरीले कपिलवस्तुको महाराजगंज नगरपालिका– ७ कोटिया नाकाबाट भित्राईको ४ लाख बढी मुल्यको चामल सहीतको सामाग्री बरामद गरेको हो । तस्करी भएको बिशेष सुचनाका आधारमा गस्ती पचिालन गरी सय बोरा चामल, १५ बोरा चिनी, ९ बोरा मैदा, मलखाद १५ बोरा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८गण हेडक्वाटर कपिलवस्तुका प्रमुख तथा सशस्त्र प्रहरी उपरिक्षक जीवन कुमार केसीले बताए ।

साथै सो माल ओसारपोसरमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाईल समेत बरामद गरिएको उनले बताए । बरामद गरिएको सामान कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको उनले बताए । भारतसंग जोडिएको ९३ किलो मिटरको सिमा नाकामा ढेड दर्जन बढी नाकाहरु छन । खुला सिमाका कारण तस्करी नियन्त्रणमा चुनौती रहेको केसीले बताए । तस्करी नियन्त्रण र सिमामा हुने अपराध नियन्त्रणकालागि आफुहरुले सिमा नाका बिशेष निग्रानी बढाएको बताए । भारतबाट तस्करी भई आउने काठ, लागतयका बिभिन्न मालसामानहरु धमाधम पक्राउ गरिएको बताए । गत बर्ष सशस्त्र प्रहरीले एक बर्षमा ढाई करोड बढीको अबैध माल पक्राउ गरी भन्सार बुझाइएको केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय