२०८० श्रावण २९, सोमबार ११:४२

भैरहवा । बिभिन्न मागसहित आन्दोलमा रहेको निर्माण ब्यवसायीलाई लुम्बिनी ईट्टा उद्योग ब्यवसायी संघ, रुपन्देहीले ऐक्यवद्धता जनाउने निर्णय गरेको छ ।

संघको आईतबार भैरहवामा बसेको बैठकले नेपाल ईटा उद्योग महासंघको निर्देशन अनुसार ऐक्यवद्धता जनाउने निर्णय गरेको संघका अध्यक्ष अजय कुमार गुप्ताले बताए । “निमार्ण सामग्रीको प्रमुख वस्तु ईटा पनि भएकोले यस विरोधको कार्यक्रममा इट्टा व्यवसायी संघको घनिष्ठ सम्बन्ध रहेकोले निर्माण व्यवसायी संघबाट हुने विरोधका कार्यक्रमलाई नैतिक तथा भौतिक समर्थन गर्दै ऐक्यवद्धता जनाएका छौं ।” गुप्ताले भने, निर्माण कार्य सम्पन्न भैसके पश्चात पनि सरकारी निकायहरुबाट समयमा भुक्तानी नहुँदा निर्माण व्यवसायीहरु थप मारमा परेको ब्यवसायीहरुको निष्कर्ष रहेको छ ।

यस्तै निमार्ण कार्यको ठेक्का पट्टामा म्याद थपको अमूर्त आदेश भएको, भुक्तानी समस्या लगायत निमार्ण उद्योगसँग सम्बन्धित ऐन नियमका बारेमा असन्तुष्टि जाहेर गर्दै निमार्ण व्यवसायी संघबाट विभिन्न चरणमा विरोध कार्यक्रमहरु जारी रहेको छ ।

निर्माण ब्यवसायीहरुको आन्दोलनले ईट्टा ब्यवसायीहरुको ध्यानाकर्षण गराएको गुप्ताले बताए । जायज माग राखि आन्दोलनमा रहेका निर्माण ब्यवसायीलाई नैतिक एवम भौतिक समर्थन गर्ने लुम्बिनी ईट्टा उद्योग ब्यवसायी संघले निर्णय गरेको गुप्ताको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय