साउन ३० गते
अव्यवस्थित बसोबासीे लागि ३ महिना भित्रमा लालपुर्जा दिने भुमि आयोग कपिलबस्तुका भुमि बिज्ञ दल बहादुर थापाले ईश्वरले बताउनु भयो । अव्यवस्थित बसोबासी संर्षस समितिले सोमबार वाणगगंगा जितपुरमा आयोजना गरेको कार्यक्रममा सो कुरा बताउनु हो । सरकारले अव्यवस्थित बसोबासीको लागि लाल पुर्जा दिने भन्दै आएपनि बिभिन्न बाहाना देखाउदै समस्या समधान नगरेको उहाँले बताउनु भयो । अब तेसको समाधानको सरकार संग पहल गर्ने भुमि बिज्ञ ईश्वर बताउनु भयो ।
अव्यवस्थित बसोबासी संर्षस समितिकोे अध्यक्ष राजेन्द्र विक्रम साहले भुमि आयोमा १३ वर्ष अगाडि जम्मा भएका लगत संकलन हेर्दा धमिराले खाएको अबस्था भेटिएको र कतिकापय लगत संकलन हराएको अबस्थामा भटिएको छ । यता तत्काल कपिलबस्तुमा भुमि विज्ञ टोलिलाई बोलाएर समस्याको समाधान बारेमा बताइएको हुदा अबको ३ महिना भित्रमा लाजपुर्जा दिने प्रतिवद्धाता जाहेर गरेर उहाँले बताउनु भयो ।
तेसो त भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्ला समिति गठन भएको छ । जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन भएका छन् । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ तर पनि अझै पनि भुमीहिनको समस्या समाधान भएको छैन् ।