२०८० भाद्र ८, शुक्रबार ०६:४९

काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवामा समस्या देखिएको छ । बिहीबार रातिदेखि कम्पनीको इन्टरनेट सेवा प्रभावित भएको तथा स्पिड निकै स्लो हुन पुगेको गुनासो प्रयोगकर्ताले गर्न थालेका हुन् ।

वर्ल्डलिङ्कले आफ्नो अपस्ट्रिम सेवा प्रदायकको दुई ओटा फाइबर केबुल काटिएका कारण यस्तो समस्या आएको जनाएको छ । अहिले हामीले क्यापासिटीको समस्या क्षमताले इन्टरनेट ट्राफिक धान्न नसक्ने अवस्था सिर्जना भएको छ, कम्पनीले भनेको छ, तपाईंको सेवा केही समयका लागि अस्थायी रूपमा प्रभावित हुन सक्छ ।

वर्ल्डलिङ्कले सार्वजनिक सूचना प्रकाशित गर्दै यसबाट पुग्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ । हामी समस्या समाधानका लागि कडाईपूर्वक काममा जुटेका छौं, कम्पनीले भनेको छ, चाँडै नै सेवा पुनःस्थापित गर्न लाग्ने अनुमानित समयको विषयमा जानकारी दिने छौं ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय