काठमाण्डौ – भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरो ले मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको जनाएको छ ।
इसरोका अध्यक्ष एस सोमनाथले चन्द्रमा मात्रै नभएर मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताउनुभएको हो ।
तिरुवनन्तपुरममा भएको कार्यक्रममा उहाँले भारतले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य राख्ने दाबी गर्नुभयो ।
उहाँले इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको पनि बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सरकार र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको तर यसका लागि थप लगानीको खाँचो रहेको उहाँको भनाइ छ ।
इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद नै सफलतापूर्वक सम्पन्न गरेको पनि जनाएको छ ।
यसअघि अस्ति शनिवार प्रधानमन्त्री नरेन्द्र मोदी इसरो मुख्यालय पुग्नुभएको थियो ।
उहाँले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा समेत गर्नुभएको छ ।
गएको बुधवार भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा सफलतापूर्वक अवतरण भएको थियो ।
चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बन्दै इतिहास रचेको छ ।
२०८० भाद्र ११, सोमबार ०७:२०
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech