गुल्मीबाट बुटवल जाँदै गरेको स्कार्पियो पाल्पामा दुर्घटना भएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा लु १ ज ४६०० नम्बरको स्कार्पियो बुधबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा तीन जनाको मृत्युु भएको पाल्पाको रिब्दिकोट गाउँपालिका २ का वडाध्यक्ष ओमप्रसाद पोखरेलल जानकारी दिए । बच्चासहित ७ जना घाइते भएका छन् ।
घाइतेको पाल्पा तानसेनमा उपचारको लागि लैजाने क्रम जारी छ । स्कार्पियो चालकमार्फत आफै सम्पर्क गरेर यात्रु सवार रहेकोले परिचय खुल्न सकेको छैन् ।
सवारी चालक बाहेकलाई यात्रुको बारेमा जानकारी नभएको र चालक घाइते रहेकोले परिचय खुल्न नसकेको हो । स्कार्पियो रुरु रेसुङ्गा यातायात प्रालि अन्तर्गत रहेको प्रालिका सम्पर्क ब्यक्ति ओशन काउछाले जानकारी दिए । चालकले बुटवल जाने अनुमती लिएको ९टिपसुल काटेको० तर यात्रु आफै सम्पर्कमा ल्याएर स्कार्पियो छुटेको काउछाले बताए ।
२०८० भाद्र १३, बुधबार १०:२८
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech