२०८० भाद्र १६, शनिबार ०८:१७

कपिलवस्तु 

बिशेष कार्यक्रमको नाममा तडकभडक र खर्चिलो तरिकाले तीजको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सुचना निकाल्दै खर्चिलो तथा भड्कीलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लाबासीहरूमा अनुरोध गरेका हुन ।

यस्ता कार्यक्रमले बिभिन्न बिकृति बिसंगति र सामाजिक अपराधलाई प्रोत्साहन दिएको भन्दै सार्वजनिक स्थल, पार्टी प्यालेसमा भोज भतेर राखेर रकम संकलन गर्ने उद्देश्यले दरखाने र मेला–महोत्सव आयोजना गर्ने काम रनगर्न पनि निर्देशन दिएको छ । सामाजिक अनुशानस कायम गर्न राजनीति दल,नागकि समाज, पेशगत संघ नागरिक समाज संचारकर्मी, महिला संजाल लगायतका संस्थाहरुलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ ।

पछिल्ला वर्ष तीज पर्व मनाउने नाममा विभिन्न तडकभडक सहितका अत्यन्त खर्चिला तथा भड्कीला कार्यक्रम गर्ने परिपाटी मौलाउँदै गएको छ । त्यसले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको भन्दै प्रशासनले जिल्लाबासीलाई सचेत बनाएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना विपरीत गरे–गराएमा सामाजिक ब्यवहार ९सुधार० ऐन तथा निमयावली २०३३ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने÷गरिने समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय