२०८० भाद्र १९, मंगलवार १९:०१

कपिलवस्तु,
कपिलवस्तुमा ‘जेसिआई विजेनेस एकेडेमी २०२३’ कार्यक्रम सुरु हुदै छ । उक्त कार्यक्रम भदौ २० देखि २३ गतेसम्म जिल्लाको शिवराज नगरपालिका( २ मा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा चल्ने छ । सो कार्यक्रमबारे मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । नेपाल जेसिजको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको सहजीकरण कपिलवस्तु जेसिजले गर्ने छ । ४ दिनसम्म चल्ने उक्त कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा भारतबाट सिनेटर सेली चौधरी र सहायक प्रशिक्षकको रुपमा भारतका जेसी चिराक देसाई र सेनेटर मिलन गुरुङ आउने कपिलवस्तु जेसिज २०२३ का अध्यक्ष अमृत घिमिरेले जानकारी दिए ।

उनका अनुसार तीन जना प्रशिक्षकहरु नै अन्तरराष्ट्रिय स्तरका प्रशिक्षकहरु हुन् । अध्यक्ष घिमिरेले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदै ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहने बताए । कार्यक्रममा प्रशिक्षकको रुपमा रहने जेसिआई सेनेटर मिलन गुरुङले सहभागिहरुले कार्यक्रम पश्चात एक स्तरको छुट्टै पहिचान लिएर जाने दाबी गरे । जेसीजले हरेक काम फरक ढङ्गबाट गर्ने बताउँदै उनले भने ‘कार्यक्रममा सहभागीहरुको विजेनेस, उक्त क्षेत्रमा सामना गर्नुपरेको समस्या, अनुभव लगायतको बारेमा विश्लेषण गछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय