धनगढी । कञ्चनपुरको महेन्द्रनगरमा होटलमा बेहोस् अवस्थामा भेटिएका धनगढीका एक युुवकको मृत्यु भएको छ ।
शुक्रबार महेन्द्रनगरको बसपार्कस्थित ट्राफिक चोक नजिकैको डिलाइट होटलमा बेहोस् भेटिएका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी ९भगवती टोल बस्ने ३७ वर्षीय विष्णुु पनेरुको शनिबार मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश डाँगीले पनेरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
उनको मृत्यु भएपछि पनेरु बेहोस् भेटिएको होटलको कोठामा सँगै बसेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।
सापकोटालाई शनिबार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको उनले बताए । उनकाअनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
२०८० भाद्र २२, शुक्रबार ०६:४२
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech