शागर बेल्बासे , कपिलवस्तु-
बाणगङ्गा नगरपालिकाले नेपालि महिलहरु को महान पर्व हरितालिका तिज को अवसरमा परम्परागत लोक संस्कृति लाई प्रोत्साहन गर्दै तिज गित तथा नाच प्रतियोगिता सम्पन्न गरेको छ।आधुनिकता को नाममा पश्चिमा संस्कृति ले हाम्रा परम्परागत लोक गित,संगित,भेषभुशा र संस्कार लाई निचोर्दै लोप हुने अवस्था मै पुराउने अवस्थामा बाणगङ्गा नगर ले गरेको यो कार्यक्रम को उच्च सर्हाना गर्नै पर्दछ।बिरोध का लागि बिरोध जस्ले जुन बिषयमा पनि गर्ने पर्था मौलाएकै छ।नगरका सबै वडाको सहभागिता गराइ हाम्रा लोक संस्कृति र संस्कार लाई प्रोत्साहित गरि सबै वडाबासी हरुको प्रतिनिधित्व गराइ दुख सुख साटासाट गरि प्रतियोगितामा सहभागी गराइ सहभागी सबैको ब्याक्तित्व बिकास को अबसर पनि नगरले अनुभुती गराएको छ।
भलै जनताका अन्य धेरै आधारभूत आवस्यकता मा राज्यको नजर नपुगेको तितो यथार्थ यथावत छ।लोक संस्कृति र संस्कार कुरामा सबै नगरबासिलाइ प्रोत्साहन गर्न आबहान गरेझै नागरिक का हरेक समस्यामा नगर गम्भीर हुन अति आवस्यक छ। कार्यक्रम मा नगरका सबै वडालाइ सहभागिता जनाउने सुचना प्रवाह गरेपनी सो कार्यक्रम मा ५ वटा वडा बाट मात्रै प्रतिनिधित्व भएको थियो।
नगर उप प्रमुख रिता कुमारी चौधरिको अध्यक्षतामा भएको उक्त कार्यक्रम को प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य बिमला घिमिरे हुनुन्थ्यो।कार्यक्रम मा नागरिक समाज कपिलवस्तु का अध्यक्ष डोलक बहादुर पछाइ,नगरपालिका का निमित्त कार्यकारी प्रमुख राजेश तिवारी,वडा नम्बर २ का अध्यक्ष बिष्णु प्रसाद पौडेल ,६ का अध्यक्ष करुण टन्डन,१ का महिला सदस्य टोपकला बि सि नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जि सि,स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल ,केशब आचार्य ,मदन घिमिरे लगायत नगरपालिका का सबै साखा का कर्मचारी हरुको उपस्थिति मा भएको कार्यक्रम सप्पन्न भएको छ। प्रतियोगिता को मुल्यांकन समिति संयोजक लोक गायक पुर्णचन्द्र परियार ,सदस्य थानेस्वर अधिकारी र गित भुसाल निर्णायक मन्डल रहेको थियो। कार्यक्रम मा सहभागी सबै समुहलाइ प्रोत्साहन स्वरुप पुरस्कारको ब्यबस्था गरिएको भएपनी सबै वडा बाट प्रतिनिधित्व नभएको मा वडा अध्यक्ष हरु प्रती जबाफ खोज्नु पर्ने भएको कार्यक्रम का प्रमुख अतिथी बिमला घिमिरेले बताउनु भएको छ।
प्रतियोगिता मा ३०० पुणान्क मा १५६ ल्याइ सान्त्वना बाणगङ्गा ४ को समूह,१५६।५ अंक सहित चौथो वडा नम्बर १ को समुह १८१।५ सहित तेस्रो स्थानमा वडा नम्बर ८ को समूह,१९८ सहित वडा नम्बर ६ को समूह दोस्रो हुँदै १९९ नम्बर सहित वडा नम्बर २ को सबिता बेल्बासेको संयोजकत्वमा अमृता खत्री ,देउका राना,सीता बि सि,मेनुका खनाल,मान कुमारी भाट,भुमिसरा सोमै र माया घिमिरे को समुहले बिशय संग संबंधित गित,संगित र नृत्य सहित उत्कृष्ट प्रस्तुती प्रदर्शन गरि प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ७००० सहित प्रमाणपत्र ग्रहण गरेको छ। कार्यक्रम मा लोक गायक पुर्णचन्द्र परियार ,नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठान का अध्यक्ष बुद्दी सागर बेल्बासे लगायत स्थानिय कलाकारहरूले आफ्ना शुभकामना मन्तव्य सहित तिजका भाका मा सबै उपस्थित लाई छमचमी नचाएका थिए।
कार्यक्रम मा वडा नम्बर २ का अध्यक्ष बिस्णु पौडेल ,१ का पुर्व अध्यक्ष बाल कुमारी अधिकारी,नागरिक समाजका अध्यक्ष दोलख पछाइ ले शुभकामना मन्तव्य राख्नुभएको थियो।कार्यक्रम मा नगरपालिका का महिला कर्मचारी को समुहले मौलिक तिज भाका को गित र नृत्य सहित स्वागत गर्नुभएको थियो।कार्यक्रम मा बोल्दै नगर उप प्रमुख चौधरी ले सबै नगरबासी को प्रोत्साहन होस भनी प्रतिनिधिमुलक उपस्थिति का लागि सबै वडालाइ जानकारी गराएर गरिएको कार्यक्रम भएपनी सबैको उपस्थिति नहुनु दुखद भएकाले यश बिशयलाइ कार्यपालिकाको बैठक मै उठाएर छ्लफल गराइ आगामी समय यस्तो अवस्था दोहोरिन नदिने कुरा सहित प्रतियोगितामा सहभागी सबैलाइ बधाइ सहित सबै उपस्थित एबम अनुपस्थित नगरबासिलाइ हरितालिका तिज को शुभकामना सहित कार्यक्रम को समापन गर्नुभएको थियो। कार्यक्रम को संचालन शुशिला पन्थ ले गर्नुभएको थियो।