नारायण पाण्डे कपिलवस्तु
विश्वभरी इन्धनको अभाव भैरहेको समयमा विद्युतको प्रयोगलाई बढाउन र वातावरणको संरक्षण गर्ने उद्देश्यले कपिलवस्तुको चार नम्बरमा न्यु गुराँस ट्रेड लिङ्क सञ्चालनमा आएको छ । विद्युत बाट चल्ने साइकल र स्कुटरलाई लक्षित गरि सञ्चालनमा आएको ट्रेड लिङ्कको आज एक भब्य समारोहका बिच उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष डोलकराम घिमिरेले रिबन काटेर उद्घाटन गर्नुभएको छ ।
बाणगंगाका ६ व्यवसायीहरुको सवा करोड भन्दा बढिको लगानिमा सुरु गरिएको उक्त ट्रेड लिङ्कले इन्धनको अभावलाई रोक्न महत्वपुर्ण भुमिका खेल्ने विश्वाल लिइएको छ । विश्व बजारमा द्रुत गतिमा विकास भैरहेको इलेक्ट्रिकका सवारी साधन (इभि) को प्रयोगलाई कपिलवस्तुमा समेत बढाउन यस्तो व्यवसाय सुरु गरिएको सञ्चालकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ कपिलस्तुका अध्यक्ष घिमिरेले व्यवसायीहरुका हरेक काममा आफु र संघ साथमा रहेकोले ढुक्क भएर लगानि गर्न आग्रह गर्नुभएको छ । बढ्दो वैदेशिक पलायनलाई रोक्ने प्रेरणको स्रोतका रुपमा ६ जना युवाहरु उभिएकोमा खुसी व्यक्त गर्दै सहकार्यको लागि तत्पर रहेको बताउनु भएको थियो ।
त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ले यस ट्रेड लिङ्कले रोजगारको अभावमा भौतारिरहेकालाई समेत सहयोग गर्नेमा विश्वास ब्यक्त गर्नुभएको छ । यस्तो आर्थिक मन्दीको समयमा पनि व्यवसायमा लगानि गर्न हिम्मत गरेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभएको थियो । फरक प्रसङ्गमा उहाँले राज्यले घोषणा गरेको एक पालिका एक औद्योगिक ग्राम भन्ने योजनालाई छिटो कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गर्नुभएको थियो ।
त्यस्तै चेम्बर अफ कमर्स कपिलवस्तुकी अध्यक्ष धनकुमारी अधिकारीले वर्तमान सरकार युवा, रोजगार र व्यवसाय प्रति अत्यन्तै सङ्कुचित हुँदा पनि कपिलवस्तुमा नै यति ठुलो लगानि गरेको भन्दै व्यवसायीक सफलताको सुभकामना दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तुका निवर्तमान अध्यक्ष राम सुभाग्गे थारुले विद्युतिय सवारी साधनको महत्वको बारेमा प्रस्ट पार्दै यस्तो समय सान्दर्भिक व्यवसाय सफल हुने जिकिर गर्नुभएको थियो । आफुले विगत देखि नै विद्युतिय सवारीलाई विशेष महत्वमा राखेको भन्दै जिल्लामा यस्को सम्भावना प्रसस्त रहेको बताउनु भएको थियो ।
सञ्चालक विश्नु प्रसाद गैरेले स्वागत मन्तब्य राख्दै विश्व बजारमा नै व्यवसायीहरु धरासयि बनिरहेको अवस्थामा आफुहरुले हिम्मत गरेर महत्त्वपूर्ण कदम चालेकोले यसमा जिल्लाका सबै संघ सस्था र ब्याक्तिहरुले सहयोग गर्नेमा विस्वास ब्याक्त गर्नुभएको थियो ।
सञ्चालकहरु, जिल्लका व्यवसायी, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार, लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भने सन्तोष गैरेले गर्नुभएको थियो ।
२०८० आश्विन ८, सोमबार १८:१५
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech