२०८० आश्विन ११, बिहीबार २१:२०

कपिलवस्तु –

४ वर्षअघि ठेडुल्कोबाट उद्धार गरिएका टंक न्यौपानेको अवस्था पुन उस्तै अवस्थामा पुगेको छ । २०७६ सालमा बाणगंगा ६ सुठौली निवासी ३४ वर्षिया युवा टंकलाई मानसिक सन्तुलन गुमाएको भन्दै यसैगरि ठेडुल्कोमा राखिएको थियो । उनलाई लुम्बिनी दर्पण साप्ताहिक, सिधा कुरा जनता संग लगाएत विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी उद्धार गरि भक्तपुर स्थित मानव कल्याण आश्रममा पु¥याई करिव ८ महिनाको बसाई संरक्षण सहित उपचार पछी सुधार भएर उनी घर फर्किएका थिए ।

त्यहाँबाट घर फर्किएका टंकले घरमा पुरानै लयमा काममा सघाउने, २÷४ पैसा जोहो गरि घरखर्च चलाउन सघाउने समेत गरे तर केही दिन अघि देखि उपचार औषधी नपाएर उनले पुन सन्तुलन गुमाएपछी उनले आफ्नै बाबुलाई चिर्पट प्रहार गरे र घाईते बनाए ।
त्यस लगत्तै उनलाई गाँउलेहरुको सहयोगमा पुन ठेडुल्कोमा राखिएको छ ।
गरिव घर परिवारका उनी उपचार अभावमा यतिवेला पशु भन्दा बढी निरिह जीवन जिउन बाध्य भएका छन् । बाबुलाई हिर्काएपछी गाउँघरमै आतंक बढेकोले ठेडुल्कोमा हाल्नु गरेको स्थानीयहरु बताउछन् ।


काठको जीर्ण चौकी त्यसमाथी २० इन्चीको जत्तीको करिव एक मिटर लामो काठमा दुईवटा फलाम ठोकेर त्यसैभित्र दुई साईडमा खुट्टा नेल जस्तै गरि बलियो गरि ठेडुल्को बनाईएको छ । त्यसैमा उनी कैदीभन्दा कष्टकर दैनिकी विताईरहेका छन् ।

उनकी आमा छोरालाई उपचार सहयोगका लागी काठमाण्डौ सम्म पु¥याउन सहयोग खोज्दै कहिले स्थानीय वडाहरुमा त कहिले गाउँघरका विभिन्न अगुवाहरुका घरदैलोमा विन्ती विसाउदै रुदै कराउदै भौतारिएकी छन् ।

यस्तो अवस्था भएपछी दर्पणकर्मीले उनको जीवन रक्षाका लागी यस अगाडी उनलाई संरक्षण गरेको मानव सेवा आश्रम भक्तपुरमा सम्पर्क गरेका थिए ।

आश्रमकि अध्यक्ष सुमि मावनले आफुहरुलाई टंकको अवस्था थाहा भएको तर आश्रममै आए आफुहरुले सम्पुर्ण पालन पोषण सहित उपचार गर्ने र संरक्षण गर्ने बताईन् । तर आर्थिक अवस्था कमी भएको परिवार संग काठमाण्डौ पुग्ने रकम छैन् । सार्वजनिक बसमा लैजाने अवस्था छैन् । यस अगाडी कपिलवस्तु जेसीजको एम्बुलेन्स सहयोगमा काठमाण्डौ पु¥याईएको थियो । हाल उक्त एम्बुलेन्स पनी केही खराबी आएका कारण काठमाण्डौ पुग्न नसक्ने अवस्थामा रहेको जेसीजका अध्यक्ष अमित घिमिरेले बताए ।

टंकका बाबु फेरि छोरा जाईलाग्ने डरले केही दिन देखि आफन्तको घरमा आश्रय लिईरहेका छनभने यतिवेला टंकका आमा पति संगै छोराको उपचारका लागि विभिन्न निकायसंग हार गुहार विन्ति विलौना गरेकी छन् ।यसमा नगरले चासो दिनुपर्ने स्थानीयहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय