कपिलवस्तु
बाणगंगा ६ सुठौली निवासी ३४ वर्षिया युवा टंक न्यौपानेलाई शुद्धोधन गाउँपालिकाले उद्धार गरि उपचारार्थ काठमाण्डौ लगेको छ ।
मानसिक सन्तुलन गुमाएका टंकको उपचार अभावमा ठेडुल्कोमा राखिएको समाचार लुम्बिनी दर्पण लगाएत विभिन्न अनलाईनहरुमा प्रकाशित भएपछी शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आफु उद्धार गरि सहयोग गर्न तयार भएको बताएका थिए ।
मावन भएर पशु भन्दा निरिह तरवले बाधेपछी अन्य सहयोगी मन सवै क्षेत्रबाट उनको उपचार तथा उद्धारमा सक्दो सहयोग गर्ने जनाएका थिए । तर शुद्धोधनले नै काठमाण्डौ पुर्याउने सहयोग गर्ने जनाएपछी सवै हर्षित हुदै धन्यवाद ज्ञापन गरेका हुन् ।
बाणगंगा नगरको समन्वयमा शुद्धोधनले टंकको उद्धार गरेको हो । बाणगंगा नगर अन्र्तरगत पिपरा अस्पतालको एम्बुलेन्स विग्रिएको भन्दै नगरपालिकाका मेयर चक्र अर्यालले शुद्धोधनसंग उद्धारका लागि सहयोग मागेका हुन् ।
टंककी आमा विष्णु न्यौपानेले विहिवार बाणगंगा नगरमा उद्धार गरिदिन वा पत्राचार गरि सहयोगको अपिल गरेकी थिईन् । टंक ५ वर्षअघि पनी यस्तै अवस्थामा भएपछी उद्धार गरि भक्तपुर स्थित मानव कल्याण आश्रममा पुर्याई करिव ८ महिनाको बसाई संरक्षण सहित उपचार पछी सुधार भएर उनी घर फर्किएका थिए ।
त्यहाँबाट घर फर्किएका टंकले घरमा पुरानै लयमा काममा सघाउने, २र४ पैसा जोहो गरि घरखर्च चलाउन सघाउने समेत गरे तर केही दिन अघि देखि उपचार औषधी नपाएर उनले पुन सन्तुलन गुमाएपछी उनले आफ्नै बाबुलाई चिर्पट प्रहार गरे र घाईते बनाए ।
त्यस लगत्तै उनलाई गाँउलेहरुको सहयोगमा पुन ठेडुल्कोमा राखेका थिए ।गरिव घर परिवारका उनी उपचार अभावमा यस्तो अवस्थामा भेटेपछी दर्पणकर्मीले उनको जीवन रक्षाका लागी यस अगाडी उनलाई संरक्षण गरेको मानव सेवा आश्रम भक्तपुरमा सम्पर्क गरेका थिए ।
आश्रमकि अध्यक्ष सुमि मावनले आफुहरुलाई टंकको अवस्था थाहा भएको तर आश्रममै आए आफुहरुले सम्पुणर् पालन पोषण सहित उपचार गर्ने जनाएपछी त्यहाँ सम्म पुग्नको लागि पनी आर्थिक अभाव भएको थियो ।
समाचार प्रकाशित भएको २ दिनमै टंकको उद्धार गरि मानव सेवा आश्रम भक्तपुर लगिएको हो । बाणगंगाकी उपमेयर रिता कुमारी चौधरी ,वडा नं ६ का वडाध्यक्ष करुण टण्डन पत्रकार लगाएको टोली आज विहान टंक लाई भेटी स्वाथ्यलाभको कामना सहित सहयोग समेत गरेका थिए । यता टंकको उद्धारमा बाणगंगामा रहेको के।सी सर्जिकल एण्ड भैरव मेडिकल सप्लायर्सले पनी सहयोग पुर्याएको छ ।
संचालक अम्बिका के।सी ले समाचार प्रकाशित भएदेखि नै चिन्ता र चासो व्यक्त गर्दै उद्धारमा आफुले सक्दो सहयोग गर्ने जनाएकी थिईन् । उनले लाईभ मार्फत टंक को अवस्थाबारे जानकारी समेत लिएकी थिईन् ।
२०८० आश्विन १२, शुक्रबार १९:२०
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech