२०८० आश्विन १४, आईतवार ०७:३३

गुल्मीको पर्यटन प्रवर्द्धनका लागि महोत्सव सञ्चालन हुने भएको छ ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ अन्तर्गतउपल्लो तम्घासमा गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको हो । शनिवार पत्रकार सम्मेलन मार्फत कात्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीमा ऐतिहासिक प्रथम गुल्मी महोत्सव सञ्चालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी गराउनु भएको छ । नेपालीको मुख्य चाड दशैँ र तिहारको बीचमा गुल्मी आउने मानिसहरूको लागि बिदाको अवसर पारेर गुल्मीको पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष भुसालले बताउनु भयो ।

महोत्सव सञ्चालनका लागि संघले अध्यक्ष नवराज भुसालको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । महोत्सव व्यवस्थापनका लागि संघले विभिन्न समितिहरु गठन गरेर तयारी शुरु गरेको छ । ११ दिनसम्म चल्ने गुल्मीको ऐतिहासिक प्रथम गुल्मी महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा कृषि र पर्यटन प्रवर्द्धनका जोड दिइने बताइएको छ । राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, तम्घासस्थान मन्दिरको प्रचार प्रसार र स्थानीय तहका विभिन्न प्रकारका पहिचानलाई चिनाउने गरी महोत्सव सञ्चालन गर्न लागिएको गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय