वाणगंगा –
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट २ जना वालिका वेपत्ता भएका छन् । गत भदौ २९ शुक्रबार बिहान बिद्यालय जान्छु भनेर हिडेका २ बालिका १८ दिनसम्म पनि सम्पर्कमा नआएपछि उनीहरु वेपत्ता भएको परिवारजनले बताएका छन् ।
वडा नम्बर १ को उत्तमनगर घर भएकी स्थानीय बाल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया छोरी विष्णु छहारी हराएको उनका बाबु प्रेम बहादुरी छहरीले बताए ।
यस्तै वडा नः २ को राजपुरकी १५ वर्षीय सिर्जना ठकुरी गत १८ दिनदेखि बेपत्ता भएका बताइएको छ । सिर्जनाका बाबु मन बहादुर शाही ‘ठकुरी’ ले छोरीलाई खोजिदिन आग्रह गरे ।
लामो समयसम्म पनि छोरीहरुको खबर प्राप्त नभएको हुनाले खोजि गरिदिन प्रहरीलाई समेत आग्रह गरिएको परिवारजनले बताए ।