२०८० आश्विन २१, आईतवार ०७:१०

कपिलवस्तु 

सहकारीले समाजमा उल्लेख्य योगदान गरेको लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तथा कपिलवस्तु जिल्ला सहकारी संघका उपाध्यक्ष तेज प्रसाद आचार्यले बताउनु भयो ।दर्शन बचत तथा रिण सहकारी संस्था लिमिटेट वाणगंगा नगरपालिका ४सिद्धिपुर कपिलवस्तुको १६औ वार्षिक साधरण सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । समाज स्पान्तरणमा देखि हरेक क्षेत्रमा सहकारीको भुमिका महत्वपुर्ण रहेको बताउदै सहकारीले उत्पादनमूलक र उद्यमशील बनाउन सकेमात्र सहकारीका सदस्यहरुमा जीवनयापनमा सहज पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

जिल्ला तथा केन्द्रिय प्रतिनिधि राजेन्द्र विक्रम शाहले सहकारीहरुले समाजमा उद्यमशिल,व्यवसायी , क्षमतावान र स्वरोजगार बनाउदै संस्थालाई चुस्त दुरुस्त प्रतिस्पर्धी र प्रतिफलमुखि बनाउन जरुरी रहेको बताउनु भयो ।संस्थाका सल्लाहकार झलक मल्लले संस्थाले विगत देखि नै राम्रा काम गर्दै आएको बताउदै संस्थालाई माथि उठाउन सबैको कर्तव्य र दायित्व बराबर हुने बताउनु भयो ।अध्यक्षको भनाइ राख्दै संस्थाका अध्यक्ष कृष्ण बहादुर शाहीले सहकारीले समाजमा रहेका हरेक मानिसहरुको हित र भलो गर्ने प्रभावकारी माध्यम बनेको बताउदै आर्थिक सामाजि साँस्कृतिक परिवर्तनका लागि र जीवन स्तर माथि उठाउन आर्थिक पाटो बलियो हुन जरुरी रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा सचिवको भनाई निर्मल कुमार शाहिले र कोषाध्यक्ष दारा आर्थिक प्रतिवेदन मुक्ति बहादुर मल्लले प्रस्तुत गर्नु भएको थियो।ऋण उप समिति रिल बहादुर शाहिले २०७९ र ८०को ऋण उप समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने २०८० को लेखा समितिको वार्षिक प्रतिवेदन लेखा संयोजक चित्र बहादुर खाणँले प्रस्तुत गर्नु भएको थियो ।
कृष्ण बहादुर शाहिको अध्यक्षता, उपाध्यक्ष कमला खाँण सुष्माको स्वागत मनतव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव निर्मल शाहिले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सेयर सदस्यहरु, संचालक समिति लेखा समिति बुद्धिजिवि पत्रकारहरुको उपस्थिति रहेको थियो । यता सहकारीले विभिन्न विधामा सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय