२०८० आश्विन २८, आईतवार ०६:४४

कपिलवस्तु ।

सम्वृद्धिका लागि वन भन्ने मूल नाराका साथ वाणगंगा ८ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समूहले आफ्नै भवनको परिसरमा १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं।८,अन्तर्गतमा ४५०।६३ हेक्टर जमिनमा फैलिएको यस मधुवन सामुदायिक वनको १८ औं साधारण सभा सम्पन्न भएको हो ।

सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वनको भावी रणनिति बारेमा समूहका अध्यक्ष सान्त विक्रम पौडेलले प्रस्तुत गर्नुभएको थियो। साथै चालु आर्थिक बर्ष २०८०।०८१ का लागि ३ करोड ९४ लाख बराबरको अनुमानित लोकप्रिय बजेट पेश गदै वन उपभोक्ता समूहबाट अति विपन्न वन उपभोक्ता परिवारलाई आवास सहयोग,गरिवि न्युनिकरण तथा जिविकोपार्जन सहयोग कार्यक्रम,आर्यआर्जन व्यवसायमुखी तालिम , महिला सशक्तिकरण, सामुदायिक विकास ,वन विकास,वन संरक्षण गर्ने, आयआर्जनका लागी सहुलियत ऋण प्रदान, सर्पदश केन्द्रलाई सामाग्री सहयोग गर्ने, चिकित्सकद्धारा स्वास्थ्य शिविर सञ्चालन,खेलकुद व्यवस्थापन गर्ने लगायत विभिन्न कामहरु गर्ने बताउनु भएको थियो ।

कोषाध्यक्षले आर्थिक वर्ष ०७९।०८० को कुल १ करोड १७ लाख बराबरको आय–व्यय सार्वजनिक गर्नुभएको थियो । भने लेखा समिति सदस्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रक्रमका प्रमुख अतिथी तथा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत विजयराज सुवेदीलेले हावामा उडेको चिजलाई प्रयोगमा ल्याउदा पछिल्लो समयमा वनले फाइदा ल्याउन सफल भएको बताउनु भयो ।उहाँले वन सम्वद्र्धन प्रणलीमा आधारित वन व्यवस्थापन नेपालमै कपिलवस्तु जिल्लाबाटै शुरवात भएको भन्दै प्राकृतिक श्रोतलाई सही सदुपयोग गरी वन व्यवस्थापन अगाडी बढाउँदै लैजानुपर्ने,वन अतिक्रमणलाई नियन्त्रण गर्नुपर्ने,सामुदायिक वनमा रहेका खोल्सा खोल्सीहरुलाई नियन्त्रण गर्नुपर्नेमा सामुदायिक वनको विशेष पहल गर्नुेपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी वडा अध्यक्ष बाबुराम अर्यालले वनको दिगो संरक्षण र सम्बर्धनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु–याउने कुरा बताउदै वडासंग समन्वय,सहकार्य गरी पूर्वाधारको काममा सहयोग पुराउने बताएका थिए ।

उक्त कार्यक्रमका विशिष्ट अतिथी तथा बैज्ञानिक वन व्यवस्थापन समितिका केन्द्रिय बरिष्ठ उपाध्यक्ष डिल्लिराज रेग्मीले सरकारले वैज्ञानिक वनलाई पटक पटक खारेज गरेतापनि त्यसलाई चिरफार गरेर हेर्दा सरकार नै गलत भएकोले पूर्णरुपमा सञ्चालनमा ल्याएको बताउनु भयो यहाँले वनहरूको योगदानका कारण देशमा आमुल परिर्वतन आएको र सबै सामुदायिक वनमा महिलाहरुलाई आबद्ध गराउदै उनिहरूको नेतृत्व विकासका साथै आयआर्जनतर्फ अगाडि बढ्नुपर्नेमा जोड्दिनुभयो ।

सो कार्यक्रममा सल्लाहकार सदस्यहरु,लेखा समिति संयोजक ,उपभोक्ताहरु,सुरक्षाकर्मी ,शिवपार्वती खानेपानी उपभोक्ता समितिका अध्यक्ष, मोतिपूर खानेपानीका उपाध्यक्ष,वडा सदस्य , टोलविकास संस्थाका अध्यक्ष लगायतले आ –आफनो धारणा राख्दै साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।भने कार्यक्रमको सञ्चालन मधुवन सामुदायिक वनकी सचिव अनिता थापाले गर्नुभएको थियो ।

४ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा १०३५ बराबर घर आवद्ध रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय