काठमाडौं –
डिजिटल वालेट तथा भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले चाडबाड विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं र तिहारलाई मध्यनजर गर्दै ुईसेवा डिजिटल उत्सवु नामक अफर ल्याएको हो ।
अफर अन्तर्गत ३७।९९ रुपैयाँमा खेल खेल्दा तीन लाख ७९ हजार ९०० मूल्यको यमाहा न्यु एफजेड एफआई भर्सन ३० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सकिने छ । ३७।९९ रुपैयाँ खेल बाहेक ईसेवामार्फत कुनै पनि दुई ओटा कारोबार गर्दा दुई जनाले सोही बाइक जित्नसक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै ईसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सोझै बैंक खातामा पैसा पठाउँदा एक भाग्यशाली जोडीलाई दुबई टुर प्याकेज दिने कम्पनीले घोषणा गरेको छ ।
साथमा कात्तिक १ गते ईसेवा केयर किन्दा भाग्यशाली एक जनाले १०० गुणा क्याशब्याक पाउने अफर पनि रहेको छ ।
त्यसैगरी, ईसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली पाँच जोडीका लागि होटेलको स्टेकेसन प्याकेज तथा एक जनाले रियलमी ११ एक्स फाइभजी पाउनेछन् ।
साथै ईसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्ने ग्राहकहरूले रु। ३०० सम्मको क्याशब्याक तथा सीजी डिजिटलको टिभी समेत जित्न सक्नेछन् ।
बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा तीन दिन दुई रातको स्टेकेसन जित्नसक्ने अफर ल्याइएको छ ।
ईसेवामा आवद्ध व्यवसायीहरूले समेत ग्राहकहरूमार्फत क्यूआर भुक्तानी लिँदा वासिङ मसिन, एयरफ्रायर, स्याण्डविच मेकर लगायतका उपहार जित्नसक्ने बताइएको छ ।
त्यसैगरी अनलाइन कारोबारका लागि ईसेवाबाट भुक्तानी गर्ने ग्राहकका लागि बिनब्याग जित्नसक्ने अवसर छ ।
विदेशबाट ईसेवा मनि ट्रान्सफरको साझेदारमार्फत ईसेवा वालेटमा रु। पाँच हजारभन्दा बढीको भुक्तानी पाउने सबैले टप(अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा ईसेवा केयर प्याकेज खरिदमा पक्का क्याशब्याकका लागि लागि प्रोमोकोड प्राप्त गर्ने कम्पनीले जनाएको छ ।