कपिलवस्तु ।
कपिलवस्तु महोत्सवको १४ औँ संस्करण बाणगंगा वेयलफेयर सोसाईटीले आयोजना गर्ने भएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा युवा स्वरोजगारको बलियो आधार, उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार प्रवद्र्धनमा प्रोत्सान’ भन्ने मुल नाराका साथ यहि मंसिर २१ गतेदेखि पुस १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव हुने भएको हो । चार नम्बर जितपुर स्थित बुद्ध रंगशालामा आयोजना हुने महोत्वसवको उद्देश्य र तयारी बारे बुधबार पत्रकार सम्मेलन मार्फत वेयलफेयरले जानकारी गराएको हो ।
मंसिर २१ गतेदेखि पुष १ गते सम्म ११ दिन संचालन हुने गरी महोत्सवको तयारी सुर गरिएको वेयलफेयर सोसाईटिका अध्यक्ष राज कुमार खाँणले जानकारी दिए । महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरु महोत्सवमा राखिने छ ।
वेयलफेयरका महासचिव दिनेश रोकाले वेयलफेयर सोसाइटीले छैठौँ पटक महोत्सव आयोजना गर्न लागेको भए पनि कपिलवस्तु उद्योग वाणिज्य संघसँगको सहकार्यमा हरेक वर्ष आयोजना हुने महोत्सवकै निरन्तरता रहेको बताए । रोकाहाले यसपटकको महोत्वसबाट संकलित रकमले महोत्सव आयोजना स्थलको संरक्षीकरण गर्ने, लक्ष्मणघाट शवदाह स्थललाई केही व्यवस्थितकरण गर्ने, जिल्लाको व्यवसायिक क्षेत्रलाई सबलीकरण गर्ने र युवा स्वरोजगारका कार्यक्रमहरुलाई प्रर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजनाको तयारी सुरु गरिएको बताए ।
पत्रकार सम्मेलनमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले अहिले आर्थिक मन्दिका कारण व्यवसायीहरुमा परेको असरलाई कसरी सहज अवस्थामा ल्याउन सकिन्छ भन्नेमा पनि यस पटकको महोत्वसव केन्द्रित रहने बताएका छन् ।
पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष विष्णु प्रसाद न्यौपाने, कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, वेयलफेयरका सल्लाहकार वडा नम्बर ४ का पूर्व अध्यक्ष गणेशबहादुर क्षेत्री, युवा समाजसेवी शक्तिसिँह ठकुरी लगाएतले आ–आफ्ना धारणा राखेका थिए।
गत वर्ष कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको कपिलवस्तु महोत्सव यसपटक बाणगंगा वेयलफेयर सोसाइटीले आयोजना गर्न लागेको हो । महोत्सवमा अघिल्ला वर्षहरुमा जस्तै केही प्रर्दशनीका स्टलहरुसँगै व्यवसायिक स्टलहरु राखिने जनाइएको छ ।
विगतका भन्दा केही पृथक र महोत्सव, पर्यटन, कृषिसँँगै व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने गरी बनाउन विभिन्न कृयाकलापहरु हुने र त्यसका लागि तयारी गरिएको खाँणले बताए ।
महोत्सव तयारीका लागि लाईट एण्ड साउण्ड, स्टल ठेक्का, पत्राचार, आन्तरिक उपसमिति निर्माण , १२ औंं कपिलवस्तु डान्स आईडियलको तयारी तिहार अगाडी नै हुने तथा स्टल बुकिङ लगाएतका तयारीलाई तीव्र पारिएको आयोजकले जनाएका छन् ।