२०८० कार्तिक २४, शुक्रबार ०७:०५

दाङ,

जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङको तुलसीपुरबाट ७४ हजार रकमसहित पाँच जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को बसपार्कमा ५१ वर्षीय तोभान केसीको घरमा छापा मारेर प्रहरीले ७४ हजार ८ सय ८० रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर – ५ का ४४ वर्षीय दिलिपप्रसाद कलवार, ४३ वर्षीय राजु कुरेसी, ३२ वर्षीय बब्लु कुरेसी र भारतको शिद्धनगर इतवार घर भएका २० वर्षीय साहरुक खान रहेको प्रहरीले जानकारी दिएको छ ।

जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय