२०८० कार्तिक २७, सोमबार ०७:१७

बाणगंगा ।

सांसद बलराम अधिकारीले देश समृद्ध बनाउन उपभोक्ता हितको पनि संरक्षण हुनु पर्ने बताएका छन् । अधिकारीले सरकार बनाउदा आफु टिक्ने भन्दा पनि जनताको पक्षमा काम गर्न सक्ने सरकार बनाउनु पर्ने बताए । सांसद अधिकारीले बनेका ऐन कानुन समय सापेक्ष हुनु पर्ने बताउदै सव्य समाजको निमार्ण गर्न तिनै तहका हकमा सरकारले पहल गर्नु पर्ने बताए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाणगंगा नगर स्तरिय समितिलाई सम्वोधन गर्दै सांसद अधिकारीले यस्तो बताएका हुन ।
बाणगंगा नगरपालिका मेयर चक्रपाणि अर्यालले कुन वस्तु गुणस्तरीय हिन छ त्यसमा हामी सबै चनाखो हुनु पर्ने बताउदै स्थानीयलाई गुणस्तर बस्तु उपलब्ध गराउन विगत देखि नै नगरले बजार अनुगमन गर्दै आएको बताए ।

नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामा दिदै उपभोक्ता हित संरक्षणले सन्देश दिने गरि काम गर्न समेत उनले आग्रह गरे । साथै मेयर अर्यालले नगरसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे । उपभोक्ता हित संरक्षण मञ्च प्रदेश अध्यक्ष तेज कुमार पाठकले नुन देखि सुन सम्म सचेत हुँदै उपभोक्ता हित संरक्षण मञ्चले हरेक उपभोक्तालाई सचेत बनाउनु पर्ने बताए ।
स्थानीय सरकारले कानुन पुस्तक बनाउनु पर्ने कुरामा जोड दिदै उहाँले हाम्रो भान्सा देखि हरेक सामग्री , महिलाले लगाउने सृंगारमा विशेष ख्याल गर्नु पर्ने बताए ।

केन्द्रिय सदस्य रिषि आजादले उपभोक्ता हित संरक्षण मञ्चले माथिल्लो निकाय सम्म यसको काम प्रभाव राम्रो रहेको बताए ।
उपभोक्ता हित संरक्षणले कारवाहि गर्ने होइन कि सम्बन्धित निकाय सम्म खबर पुराउन महत्वपुर्ण टेवा पुग्ने तर्क गरे ।
बिस्तारै विकासले फड्को मार्दै गएको बेला बजारमा भएको अस्तवेस्तलाई राम्रो बनाउन सबैले जोड दिनु पर्ने बताए ।
केन्द्रिय सदस्य आजादले बजारमा हुने कालो बजारीलाई रोक्न सबैले पहल गर्नु पर्ने बताए ।

कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पछाई ,कपिलवस्तु व्यापार संघका अध्यक्ष खिमानन्द पौडेलल कोपिलले बोलेका कुरा व्यवहारमा पूरा गर्न आग्रह गर्दै उपभोक्ता स्वयमा पनि कस्तो सामाग्री किन्दै छु भनेर ख्याल गर्नु पर्ने बताए । साथै सबै सँग सहकार्य गर्न तयार रहेको समेत बताए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल कपिलवस्तु शाखाका अध्यक्ष भेषराज पाण्डेको अध्यक्ष तथा कुलराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अधिकाश बोल्ने वक्ताहरुले यता हरेक घरमा किनेर प्रगोग हुने खाने कुरा सामाग्रि कस्ता छन् भनेर ख्याल गर्नु पर्ने बताउदै तिनै तहका सरकार शशसक्त तरिकाले स्थानीय हितको रुपमा काम गर्न सके देशले छिटो फड्को मार्ने स्पष्ट पारे । उक्त कार्यक्रममा कपिलवस्तु उद्योग वाणिंज्य संघका अध्यक्ष दोलकराम घिमिरे समाजसेवी, शिक्षक ,बुद्धिजिवी पत्रकारहरुहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रमा भएको हो ।

यसैबीच, कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाणगंगा नगर स्तरिय समिति गठन गरिएको छ । वुद्ध आवाज साप्ताहिकका कार्यकारी सम्पादक कुलराज भुसालको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमिति बनेको छ ।

जसको उपाध्यक्षमा मधु सुदन पौडेल, सचिव सन्तोष घिमिरे, सहसचिव भगवती न्यौपाने,कोषाध्यक्ष पशुपति गिरी, सदस्यहरुमा रामु पौडेल, मित्रलाल मरासिनी,हिमराज पौडेल र दिपिका सुनार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय