२०८० कार्तिक २७, सोमबार ०७:२१

बुटवल ।

देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ । तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार देउसीभैलो राती १० बजेसम्म मात्रै खेल्न पाइने भएको छ । तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरिएको उनले बताए । त्यस्तै तिहारका बेला हुने प्लास्टिकका फूलमालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पनि रोक लगाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय