रुपन्देही
प्राय नवोलेरै विवादवाट टाढा रहन खोज्ने नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीमा बोलेपछि विावदमा तानिएक छन् । उनले भुटानी शरणर्थी प्रकरणमा आरोपितको अदालतमा सुनुवाई जारी रहेकै बखत कांग्रेस नेता वालकृष्ण खाण ा छुट्ने घोषणा गरेका छन् नेपाली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले छिट्टै न्याय पाउने दाबी गरेका छन् ।नेता खाणको गृहजिल्ला रुपन्देहीमा पार्टीको जिल्ला सम्मेलनमा सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै नेता खाणले न्याय पाउनेमा आफू विश्वस्त रहेको र त्यो समय छिट्टै आउने बताए ।
उहाँले न्याय पाउनुहुन्छ,वकिल साथीहरु लागिरहनुभएको छ, अदालतमा विचाराधीन विषयमा धेरै बोल्नु राम्रो हुँदैन’ देउवाले भने ।देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चालनका लागि पहल गर्ने बताएका छन् ।
विमानस्थल सञ्चालनका लागि सरकार र सरोकारका सबै पक्षसँग परामर्श गर्ने बताए ।‘यहाँको विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा कार्यालयहरु कुनै पनि खोलिएका रहेनछन्’, सभापति देउवाले भने, ‘काठमाडौं गएर विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, सम्बन्धित मन्त्री र सरोकारवालाई बोलाएर कुरा गर्छु ।’सभापति देउवाले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याई यहाँबाट अन्तर्राष्ट्रिय विमान उडाइने बताए ।