बुद्धरंगाशाला ।
कपिलवस्तुको बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा हुने १४ औं कपिलवस्तु महोत्सवको सुरक्षालाई प्रभावकारी बनाउन महोत्सव स्थलमा ड्रोन क्यामेराबाट सुरक्षा स्थिति अवलोकन गरिने भएको छ । सुरक्षा लाई विशेष महत्व दिएर महोत्सव क्षेत्रमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी राखिने शान्ति सुरक्षा तथा स्वयम सेवक परिचालन संयोजक राजन आलेले बताए । महोत्सव यही मंसिर २१ गतेदेखि पुष १ गतेसम्म बुद्ध रंगाशालमा हुने छ ।
महोत्सवमा हुन सक्ने हुलदंगालाई लक्षित गरि ड्रोन क्यामेरा प्रयोगमा ल्याइने आलेले बताए । ड्रोनको प्रयोगले कदम कदाचित चारनम्बर क्षेत्रमा कुनै त्यस्तो घटना भएमा पनि तत्काल सुरक्षा निकायको भौतिक उपस्थिती हुन नसक्दा समेत निगरानी गर्न सकिने छ।
महोत्सवमा करिब १ सय जना स्वयम् सेवक परिचालन गरिने र महोत्सव स्थलमा विगतमा निरन्तरता दिइएको करिब ३५ ससिटिभी क्यामेरालाई समेत निरन्तता दिइने आलेले बताए । महोत्सवको सचिवालयमा नियन्त्रण कक्ष रहनेगरि महोत्सवको सुरक्षा अवस्था निगरानी गर्न ड्रोन परिचालन गरिने आलेले बताए ।
१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु
१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।