१४ औं कपिलवस्तु महोत्सव ऐतिहासिक, सभ्य र भव्य रुपमा उद्घाटन नेता चन्द्र भण्डारी गर्नु भएको छ ।
वाणगंगा बेलफेर सोसाईटी ४ नं। जितपुरको आयोजनामा यहि मंसिर २१ गते बिहिवार देखि सुरु भएको महोत्सव पुष १ गते सम्म सञ्चालन हुने महोत्सवको बिधिवत रुपमा समुद्धघाटन गरिएको आयोजकले जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नेता तथा सासद चन्द्र भण्डारीले पार्टी र गुटको नाममा देशलाई लुट्ने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । उहाले नेपालका हरेक राजनैतिक दलहरुले अब बाटो परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । १४औ कपिलबस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उहाले यस्तो बताउनु भएको हो । र जनताले संघियताका नाममा जनतामा भार थप्ने काम भएको हुदा ३६ हजार जन प्रतिनिधीको संख्यालाई घटाएर १८ हजारमा झार्नु पर्ने जनताको माग रहेको बताउनु भएको छ ।
जनताले ८ प्रतिशतमा लिएको ऋण १६ प्रतिशतमा पुग्दा व्यवसायी धरासायी हुदा व्यवसायीले सरकारको कम्जोरी देख्नु स्वभाविक रहेको बताउदै यस्तै अबस्था भए जनता सडकमा आएर अन्य व्यवस्था जसरी परिबर्तन भए त्यसै गरि परिवर्तन गर्न पछि नपर्ने बताउदै यहाँका नेपाली दक्ष जनक्ति वाहिरीनु देशका लागि ठुलो दुखको कुरा भएको बताउनु भयो । नेता भण्डारीले आफु ग्यास पड्कीएर दुर्घटनामा परे पछि आफुले दोस्रो जुनि लिएर आएकोले आफुले राजनिती देशर जनताका लागि समर्पित भएर गर्ने जिकिर गर्दै १४ औ महोत्सबको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।
यता प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउनको लागि कपिलवस्तु महोत्सवले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रलाई प्रवदर््धन गर्दै अर्थतन्त्रलाई माथि उठाएको बताउनुभयो । महोत्सवलाई व्यवसायिक दृष्टिकोण बाट मात्र नहेरेर समग्र जिल्लाको स्थानिय कृषि र कृषक, व्यापार, व्यवसायको हित हुनेगरि अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै काङ्ग्रेस नेता अत्तहर कमाल मुसलवानले जिल्ला धार्मिक तथा पर्यटकीय हिसाबले पनि ऐतिहासिक रहेकाले पर्यटकहरुको सङ्ख्या बढाउने गरि योजना बनाउनुपर्ने बताउनुभयो । त्यस्तै जिल्लाको समग्र विकासको लागि वेलफेयर सोसाइटीका जस्ता जुझारु युवा नेताहरुको आवश्यकता रहेको औँल्याउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै सांसद रुपा पोख्रेल, प्रदेश सांसद विष्णु पन्थि, बाण्गंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल लगायतले बोल्दै महोत्सव महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।
त्यस्तै महोत्सव संयोजक तथा आयोजक संस्था बाणगंग वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले जिल्लाको समग्र पहिचान बोकेको यस महोत्सवलाई सफल पार्न हरेक क्षेत्रका व्यक्ति र संघसंस्थाले सहयोग गर्ने बताउनुभयो । उहाले जिल्लाको पर्यटन प्रर्वधन गर्ने महोत्सवको लक्ष्य रहेको बताउनुभयो ।
युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ विहिबार देखि सुरु भएको महोत्सव पौष १ गते सम्म सञ्चालन हुने छ । स्थानीय उत्पादन, कृषि, हस्तकला लगाएतको स्टल रहेको छ । यसैविच महोत्सवमा शुक्रबारदेखि अन्तराष्ट्रिय रेश्लिङ प्रतियोगिता समेत हुने छ । यस्तै शुक्रबार अनुचौधरी, प्रिन्स लम्साल, रमेश निर्दोष, संगिता चितौरे लगाएत स्थानीय कलाकारको समेत प्रस्तुती रहने जनाईएको छ । यस्तै शुक्रबार देखि नै १२ औ कपिलबस्तु डान्स आइडाल प्रतियोगिता हुने सुरु हुने छ ।