बुद्धरंगशाला ।
बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी महोत्सवको आठौं दिन अहिलेका चर्चित गायक प्रकाश दुतराज लगायतका कलाकारहरुले दर्शकहरुलाई बेजोड नचाउने भएका छन । दुतराज हालका युवामाझ लोकप्रिय चर्चित गायक हुन् ।
बिहीबार महोत्सवमा चर्चित गायक दुतराजसँगै मञ्जु भट्टराई, दीपक गरौजा, जिया भुसाल ९बाल कलाकार० लगायतको बेजोड प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले महोत्सवको आकर्षक १२ औं कपिलवस्तु डान्स आइडलका टप ७ मा परेका प्रतियोगीहरुको समेत बेजोड प्रस्तुती रहने बताए ।
महोत्सवको सातौ दिन दिन अर्थात बुधबार ७ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए । रोकाहाले महोत्सवमा करिब २० लाख बढीको आर्थिक कारोबार भएको बताए । रोकाहाले महोत्सवमा दर्शकहरुको न्यानो माया र साथ थप दिएकोमा धन्यवाद थिए ।
यस्तै महोत्सवमा बुधबार बहु चर्चित गायक प्रमोद खरेलसँगै राजु गुरुङ, सपना गाहा, दीपक दर्लामी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती लगायतको बेजोड प्रस्तुतीसँगै बुद्ध रंगशाला तातेसँगै दर्शकहरु झुमेका थिए । केही दिनदेखि साँझ पखको चिसो मौसममा बुद्ध रंगशाला थप तातिदै गएको छ । महोत्सवमा १२ औं कपिलवस्तु डान्स आइडलको समेत बेजोड प्रस्तुती रहेको र रमेश थारु बाहिरिएको १२ औं कपिलवस्तु डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।
१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।
डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले १२ औं कपिलवस्तु डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार, र राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने बताए ।