बाणगंगा –
बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनमा मंसिर २१ गतेदेखि जारी महोत्सवको आज एक विशेष समारोहकाबीच समापन हुँदैछ । महोत्सवको समापन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दिउँसो १ः०० बजे गर्ने महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले जानकारी दिए ।
महोत्समा एकदम महत्वपुर्ण मानिएको १४ औँ कपिलवस्तु महोत्सवको १२ औँँ कपिलवस्तु डान्स आइडल को बन्ला भन्ने चर्चा यतिबेला थपिएको छ ।
महोत्सवको समापनसँगै साँझ ७ः०० बजे १२ औं कपिलवस्तु डान्स आइडलको ताज कन्टेन्सट नम्बर ४ का विहान कार्की, कन्टेन्स्ट नम्बर ८ की मोनिका राना, कन्टेस्ट नम्बर ९ प्रिन्सिका कार्की र कन्टेस्ट नम्बर १३ की मेनिषा छहारी मध्ये एक जना बन्ने छन् १२ औँ कपिलवस्तु डान्स आइडल ।
डान्स आइडल संयोकजक खडक बहादुर क्षेत्रीले दर्शकले गर्ने मतको आधारमा १२ औं कपिलवस्तु डान्स आइडलको प्रतियोगी घोषणा हुने बताए ।
मंसिर ५ गतेबाट सुरु भएको अडिसन मंसिर १९ गते सकिएर १३ जना छनोट गरिएको थियो । जसमा टप १३ मा पर्नेहरुमा मेनिसा छहरी, अल्का नेपाली, स्मृती जैसी, सम्झना वि,क, अन्जु परियार, रमेश थारु, मेनिसा राना, समयारा चौधरी, सन्ध्या खनाल, विहान कार्की, विशेषता झेंडी, प्रिसिका खाँण, अंशु कँडेल रहेका थिए ।
दर्शकले दिएको मत गणना कार्य सकिएको तर उक्त बन्द बाकसको दर्शकले गरेको भोटको नतिजा ७ः०० बजे मात्र सार्वजनिक हुने डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले बताएका छन् ।
१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि जारी १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको आजदेखि समापन हुनेछ ।