२०८० पुष ३, मंगलवार ०६:२६

कपिलवस्तु 

कपिलवस्तुमा संगठीत चोरको ६ जनाको गिरोहलाई अदालतवाट ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यलय बाणगंगाका प्रमुख गोपाल वहादुर रायमाझीले वताउनु भएको छ । उहाले लागु औषध र चोरीका सामान सहित पक्राउ गरेको वताउनु भयो । खैरो हेरोईन, बिभिन्न मालसामान र नगद सहीत कपिलवस्तुमा चोरहरुको ६ जनाको गिरोह पक्राउ परेको उहाले वताउनु भयो । इलाका प्रहरी कार्यलय पिपरा कपिलवस्तुमा पत्रकार सम्मेलनको अयोजनागरी संगठित चोरहरुलाई सार्वजनिक गरिएको हो । वाणगंगा नगरपालिका वडा नं।२ गोबडिहवामा लागु औषध ९ब्राउन सुगर० ७१० मिलिग्राम, चोरीका मालसामान सहित ६ जना मानिस पक्राउ परेका हुन ।

नवलपरासी ९पुर्व० देवचुली नगरपालिका वडा नम्बर।२ का २३ बर्षिय मुक्ति प्रसाद खनालले डेरामा बस्दै आएको अवस्थामा उनीहरु खैरो हेराईन र चोरीका मालसामान सहीत पक्राउ परेको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए ।२ वटा मोटरसाईकल, विभिन्न दरका नोट तथा सिक्का ९डवल० गरी ३ लाख ४९ हजार २५५, मोबाईल नौ थान ,सुन जस्तो देखिने गर गहना, चादी जस्तो देखिने गरहना बरामद भएको छ । यस्तै डेल कम्पनीको ल्याबटप, डिजिटल क्यामेरा, चक्कु खोडा लगायतका सामान बरामद भएका छन ।

पक्राउ पर्नेहरुमा नवलपरासी देवचुली नगरपालिका वडा नम्बर २ का २३ बर्षिय मुक्ती प्रसाद खनाल, कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं। २ बस्ने २६ को विबेक थापा मगर कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं। २ बस्ने २८ को विनोद परियार र बस्ने ३३ बर्षिय बिष्णु श्रेष्ठ रुपन्देही सैनामैना नगरपालिका वडा नं।९ बस्ने १८ को मनोज दर्जी र १८ को समिर परियार रहेका छन । अदालत कपिलवस्तु बाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरी उपरिक्षक थापाले बताए । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले लागु औषध अन्तर्गत चलाएको अभियानमा चोरहरुको ठेलो गिरोह पक्राउ परेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय