शागर बेल्बासे, कपिलवस्तु
पछिल्लो समय गुरुकुल संस्कृत शिक्षा,बेद पुराण,धर्म संस्कृति र अध्यात्मिक चिन्तनमा युवाहरूको बैज्ञानिक खोज सहित आकर्षण बढन थालेको छ।हिन्दु धर्मका आस्थिक सबैले पुर्विय दर्शनको महत्त्वलाई बिज्ञान संग प्रमाणिात गराउनु मुख्य जिम्मेवारी पनि हो।पछिल्लो समयमा हिन्दु धर्मका विभिन्न धार्मिक ग्रन्थ जस्तै चार बेद,महाभारत श्रीमतभागवत गिता महापुराण लगायतका विभिन्न धर्मग्रन्थका लिपिवद्द सब्दलाइ ब्यबहारिक रुपमा अगाडि ल्याउन प्राय युवाहरु कै नेतृत्व मा विभिन्न ज्ञान महायज्ञ,भजन कृतन,ओसो ध्यान,ॐशान्ती,बिप्यसना,बुद्द दर्शन का कक्षा संचालन हुन लाएको पाइएको छ।
यसै क्रममा आज गिता जयन्ती एबम मोक्षदा एकादशिको अवसर पारी यश क्षेत्र का शैक्षिक युवा योगाचार्य कमल पौडेल ,नवराज घिमिरे लगायत को सक्रियता मा हिमवत प्रतिष्ठान नेपाल द्वारा कल्पबृक्ष सत्सङ्ग स्टुडियो पिपरा कपिलवस्तु मा बेलुका ४ बजेदेखि गिता पुजन एबम गिता सत्संग कार्यक्रम गरिएको छ।उक्त सत्संग कार्यक्रम मा यश क्षेत्रका युवा राजनैतिकर्मी,ब्यबसाइ,विद्यार्थी र आम नागरिकको उल्लेख्य उपस्थिति रहेको कल्पबृक्ष सतसंग स्टुडियो का संचालक नवराज घिमिरेले जनाउनुभएको छ।
कार्यक्रममा बोल्दै घिमिरेले आफुले संस्कृत नपढेपनी आजका युवा पिडिले संस्कृत शिक्षा प्रती रुचि बढाएको देख्दा आफू थप उत्साही हुँदै सत्संग बस्ती बनाउने कल्पनाले समेत हिमवत प्रतिष्ठान को कल्पना अगाडि ल्याएको समेत जानकारी गराउनुभयो ।उक्त कार्यक्रम मा उपस्थित सबैलाइ गिताको बारेमा जस्ले जे जानेबुझेको छ आआफ्नो परिचय सहित गिताका केही संक्षिप्त अंश सुनाइ गिता आरती र भजन उत्सब सहितको आध्यात्मिक मनोरञ्जन समेत भएको सहभागी हरि घिमिरे ,बुद्दी सागर बेल्बासे,धर्मराज घिमिरे,तिर्थ बहादुर थारु,घनश्याम घिमिरे,संगिता थापा लगायत ले जनाउनुभएको छ।