सागर बेल्बासे,कपिलवस्तु
राष्ट्रिय स्वतन्त्र पार्टी को इतिहासिक पहिलो वडा अधिवेशन कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर २ मा सम्पन्न भएको छ। केन्द्रिय सदस्य क्रान्तिशिखा ज्यु को प्रमुख उपस्थिति मा हुने भनिएको कार्यक्रम मौसम प्रतिकुलताका कारण उहाँको उपस्थिति हुन नसक्दा लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेल को प्रमुख उपस्थिति मा वडा अधिवेशन सम्पन भएको छ।उक्त वडा अधिवेशन लाइ केन्द्रिय सभापति रबि लामिछानेले फोन मार्फत उत्कृष्ट नेतृत्व ल्याइ परिवर्तनको घण्टी बजाउन सफल हुनुहोला भन्दै उपस्तिथ भेलालाई सम्बोधन गर्दै अधिवेशन सफलता को शुभकामना दिनुभएको थियो।आज भएको पहिलो अधिवेशनले षडानन्द न्यौपाने को सभापतित्वमा सदस्यहरु क्रमशः बिस्णु कुमारी पौडेल,जनकराज गौतम,निर्मला खनाल,पुस्पराज सुवेदी,दल बहादुर कुंवर,जुना न्यौपाने,मीन बहादुर मिधुन थापा समेतको ९ सदस्यीय वडा कार्यसमिति ५ बर्सको लागि निर्वाचित गरेको छ।
कार्यक्रम मा लुम्बिनी प्रदेस सदस्य एबम कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदी,प्रदेस सदस्य इनराज पन्थि,निर्वाचन क्षेत्र नम्बर १ का सभापति हेमन्त श्रेष्ठ ,क्षेत्रीय सदस्य बिक्रम थापा,नवीन कुमार चौधरी,रामकला बस्याल,क्षेत्र नम्बर २ का सभापति अनुप मरासिनी,RAT प्रदेस सदस्य देविलाल कंडेल,बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासे,बुद्दभुमी नगर सभापति कमल भट्टराई ,शिवराज नगर सभापति बालकृष्ण पाण्डे,बाणगङ्गा नगर RAT संयोजक पदम रेग्मी,बाणगङ्गा १,३,५,८,११ का वडा सभापति क्रमशः कृष्ण प्रसाद घिमिरे ,धनिस्वर खनाल(सरोज),गोबिन्द जि सि,नारायण खनाल, जिल्ला सल्लाहकार खिमानन्द भट्टराई (शन्तोस)२ ,११ का सल्लाहकार संयोजक अशोक क्षेत्री,लक्ष्मण कंडेल लगायत को उपस्थिति मा कार्यक्रम भएको थियो।कार्यक्रम सफलता को शुभकामना मन्तव्य बाणगङ्गा नगर सभापति बुद्दिशागर बेल्बासे,शिवराज सभापति बालकृष्ण पाण्डे ,जिल्ला सभापति शिव कुमार सुवेदी ,क्षेत्रीय सदस्य बिक्रम थापा,प्रदेश प्रवक्ता कमल पोख्रेल ले राख्नुभएको थियो।कार्यक्रम को संचालन रमेशचन्द्र भुसालले गर्नुभएको थियो भने स्वागत मन्तव्य खडानन्द न्यौपाने (आनन्द )ले राख्नु भएको थियो।आजको पहिलो अधिवेशन बाटै गोपाल पाण्डेको नेतृत्व मा क्रमशः पहल शिंह के सि,टेक नारायण न्यौपाने ,राम प्रसाद गैरे,नरेस चौधरी ,मधुराज ढकाल,शंकर प्रसाद चौधरी ,कबिराज गैरे र तिलक न्यौपाने सदस्य रहेको उक्त वडाको RAT कमिटी समेत घोषणा गरेको छ।