२०८० माघ ३, बुधबार ०९:४६

हरि आचार्य, कपिलवस्तु


लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री धर्म बहादुर चौधरीले एसियाकै पुरानो समुदाय थारु समुदाय रहेको दावि गर्नुभएको छ । थारु कल्याकारीणि सभा बाणगंगा नगर समितिद्धारा आयोजित ५ औं बाणगङ्गा नगर स्तरीय माघी ९खिचडी० महोत्सवमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चौधरीले भुमिपुत्रका नाताले देश बचाउनका लागि थारु समुदायको अहम भुमिका रहेको स्मरण गर्नुभयो । उहाँले थारु समुदायको आन्दोलन र त्यागबाट देशमा धेरै परिवर्तन आएको भन्दै राज्यका कुनै निकायले यस समुदायको हितका निम्ति कुनै पनि नीति नबनाएको बताउनुभयो ।

मन्त्री चौधरीले थारु समुदायको पहिचान र संस्कृति बचाउनका लागि यस्ता मेला महोत्सवले अहम भुमिका खेल्ने भन्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले मन्त्रालयबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै प्रदेश सांसद गिरधारीलाल न्यौपानेले थारु समुदायको विशेष पर्वको रुपमा माघि महोत्सव रहेको भन्दै थारु समुदायको संस्कृति र पहिचान देशको चिनारीको रुपमा रहेको बताउनुभयो । सांसद न्यौपानेले विविधतामा एकता रहेको देशमा अझ प्रगाढ सम्बन्ध बनाउनका लागि एक अर्काको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।



त्यस्तै थारु कल्याणकारीणि सभा कपिलवस्तुका अध्यक्ष पवन चौधरी, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र पाणि अर्याल, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायतले सम्बोधन गर्दै मेला सफलताको शुभकामना दिनुभएको थियो ।

‘हम्मन रास्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मुल नारा बाणगंगा नगरपालिका ११ हथौसामा उद्घाटन गरिएको हो भने महोत्सव पर्सि ४ गते सम्म चल्ने छ ।

कार्यक्रममा थारु समुदायको पहिचान र संस्कृति झल्काउने खालका खानाका परिकार, थारु कला, संस्कृति झल्किने विभिन्न झाँकी तथा नाँच, रक्तदान, डेलवा दौड प्रतियोगिता, थारु राष्ट्रिय गायक गायिकाको साथमा स्थानिय कलाकारहरुको प्रस्तुती लगायतका अन्य विविध कार्यक्रम पनि रहेको थारु कल्याकारीणि सभा बाणगंगा नगर समितिका अध्यक्ष नाथुराम थारुले बताउनुभयो ।

उद्घाटन कार्यक्रमका अध्यक्ष समेत रहनुभएका थारुले ३ दिने महोत्सव सफलता पुर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न सम्पुर्णलाई अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय