२०८० माघ १५, सोमबार १५:१९

कपिलवस्तु, 

कपिलवस्तु उद्योग वाणिज्य संघको यही २३ गते हुने १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनले चुनावी रौनक सुरु भएको छ । चुनावी रौनक बढेसँगै कपिलवस्तुको बाणगङ्गा न। पा। वडा नं। ४ का निवर्तमान वडा अध्यक्ष तथा युवा व्यवसायी गणेश बहादुर क्षेत्रीको साझा प्यानलमा थप उम्मेद्वारी घोषण भएको छ ।

हिजो राती अबेरसम्म बसेको व्यवसायीहरूको बैठकबाट उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे र महासचिवमा नवदत्त घिमिरेको उम्मेद्वारी रहने निर्णय भएको हो । उद्योग उपाध्यक्षका उम्मेद्वार खुमानन्द हाल सङ्घमा वाणिज्य उपाध्यक्ष छन् भने महासचिवका उम्मेद्वार नवदत्त कार्यसमिति सदस्य छन् ।

यस अघि क्षेत्री अध्यक्ष रहने साझा प्यानलको वरिष्ठ उपाध्यक्षमा व्यवसायी तथा समाजसेवी हुमनाथ पौडेलको उम्मेद्वारी रहने निर्णय भई सकेको छ । पौडेल उद्योग वाणिज्य संघका पूर्व वाणिज्य तथा उद्योग उपाध्यक्ष समेत हुन ।

त्यसैगरी कपिलवस्तु उद्योग वाणिज्य संघको एसोसिएट उपाध्यक्षमा समाजसेवी तथा व्यवसायी रामजी सेनले पनि उम्मेद्वारी घोषणा गरेका छन् । लामो समय देखि समाजसेवामा सक्रिय सेन कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष तथा कपिलवस्तु सामुदायिक अस्पतालका निर्वतमान अध्यक्ष समेत हुन् । सेनले व्यवसायीका हक र हितका लागि आफूले एसोसिएट उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको बताए ।

त्यसैगरी कपिलवस्तु उद्योग वाणिज्य संघका हालका वस्तुगत उपाध्यक्ष शालिकराम भुसालले पनि दोस्रो कार्यकालका लागि वस्तुगत उपाध्यक्षतर्फ उम्मेद्वारी घोषणा गरेका छन् । भुसालले पहिलो कार्यकालमा पूरा नभएका कार्य सम्पन्न गर्न दोस्रो कार्यकालको लागि उम्मेद्वारी घोषणा गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय