सुनवल,
पश्चिम नवलपरासीको सुनवलमा गएराति बस र टिप्पर एकआपसमा ठोक्किदा १७ जना घाइते भएका छन । घाइते मध्य केहिको अवस्था गम्भिर रहेको छ । काठमाडौबाट बाजुरा जाँदै गरेको सुपप्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर गएराती १० बजे तिर सुनवल – ४ अल्कत्रे डाडां नजिकै ठोक्किएको हो ।



दुर्घटनामा घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए ।
सवारी साधन र टिप्पर चालकलाई नियन्त्रणमा लिइ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक भने घाइते भएका छन् ।
घाइतेहरुको विवरण यस्तो छ ।
देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भईरहेको
१ बस चालक जिल्ला कैलाली चुरे गा।पा। ४ बस्ने वर्ष अं। ३९ को कर्ण बहादुर सावदको टाउको र कम्मरमा चोट अवस्था मध्यम । ९लाईसेन्स भएको, मा।प।से। नभएको०, उक्त बस सुदुरपश्चिम व्यवसायी समितिको रहेको ।
२ जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका (१२ नयां बस्ने वर्ष अं। ३४ को गिरिराज भुसालको टाउकोमा चोट अवस्था मध्यम ।
३ जिल्ला कञ्चनपुर बेलौरी न।पा।(१० बस्ने वर्ष अं। २५ को सुनिल पालको टाउको र शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
४ जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका (४ बस्ने वर्ष अं। १६ को सुजन बुरलाकोटीको हात खुट्टामा चोट अवस्था सामान्य ।
५ जिल्ला बाजुरा कोल्टी न।पा।(९ बस्ने वर्ष अं। ४० कि ९महिला० राजु थापाको बायां खुट्टाको तिघ्रामा चोट अवस्था सामान्य ।
६ ऐ।ऐ निजको छोरा बस्ने वर्ष अं। १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम ।
७ ऐ।ऐ बस्ने निजको छोरा बर्ष अं। ३ को सुनिल थापाको हात खुट्टामा चोट अवस्था सामान्य ।
८ जिल्ला नवलपुर देवचुली न।पा।(१२ गैडी बस्ने वर्ष अं। ३२ को प्रकाश न्यौपानेको टाउकोमा चोट अवस्था सिरियस । ऐ। २३स्२५ बजे बुटवल चौराह हस्पिटल रुपन्देही तर्फ रिफर भएको ।
९ जिल्ला बर्दिया मधुबन न।पा।( ७ बस्ने वर्ष अं। २५ को बिनोद थापाको भित्री छातीमा चोट अवस्था मध्यम ।
१० जिल्ला नवलपरासी सुनवल न।पा।( ८ बस्ने वर्ष अं। ६३ को बलराम उबरकोटीको बांया हातमा चोट अवस्था सामान्य ।
११ ऐ।ऐ। बस्ने निजको छोरा वर्ष अं। ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम ।
१२ ऐ।ऐ। बस्ने निजको छोरा वर्ष अं। ३९ को भुपाल नेपालीको दाहिने हातमा चोट अवस्था सामान्य ।
१३ जिल्ला बाजुरा हिमाली गा।पा।(७ बस्ने वर्ष अं। ६० कि टिकादेवी सन्यालको टाउको र छाथिमा चोट अवस्था मध्यम ।
लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भईरहेको
१४ जिल्ला बाजुरा बुढीनन्द न।पा।(१ बस्ने वर्ष अं। ५१ को खडकराज गिरीको दाहिने कुममा चोट अवस्था सामान्य ।
१५ ऐ।ऐ। बस्ने निजको श्रीमती वर्ष अं। ४५ कि चन्द्र गिरीको हात खुट्टामा चोट अवस्था सामान्य ।
१६ जिल्ला बाजुरा दुर्गाथली गा।पा। (४ बस्ने वर्ष अं। २९ को किशोर भण्डारीको खुट्टामा चोट अवस्था सामान्य ।
१७ जिल्ला बाजुरा गौमुल गा।पा। (६ बस्ने वर्ष अं। १८ को महेश रोकायको दुबै हात खुट्टामा चोट अवस्था सामान्य ।






