लक्ष्मण सापकोटा, कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सकिएको छ भने ८ औँ अधिवेशन सुरु भएको छ । आज सम्पन्न खुला शत्रमा व्यवसायीहरु आ—आफ्नै झुण्डमा व्यस्त देखिन्थे । यसरी साधारणसभा को रौनक भन्दा बाहिर रहेर व्यवसायीहरु आ—आफ्नै समुहमा व्यस्त देखिनुले संघको नया नेतृत्व चयन प्रक्रिया भने त्यति सहज नहुने निश्चित छ ।
हालसम्म नेतृत्वका लागि गँणेश बहादुर क्षेत्री, मोहन न्यौपाने, लक्ष्मण कँडेल र रमेशचन्द्र भुसालले दावि गरेका छन् ।
काँग्रेस, माओवादी, नेकपा एस, जनमोार्चा र राप्रपा दलहरु मिलेर ५ दलिय गठबन्धन नै तयार गरी गँणेश बहादुर क्षेत्री नेतृत्वको प्यानल खडा गरेका छन् ।
यता एमाले समर्थित मोहन न्यौपानेले ४० वर्ष मुनिका युवाहरु समेटेर आफ्नै समुह बनाएका छन् भने एमाले अध्यक्ष डम्मर शर्माले नितान्त उद्योगी व्यवसायीहरुको संस्थाको नेतृत्वका निम्ति आफ्नो पार्टीको तर्फबाट कुनै पनि किसिमको हस्तक्षेप वा ह्वीप नलाग्ने कुरा सार्वजनिक रुपमै प्रष्ट पार्नुभएको छ ।
उता रास्वपाका लक्ष्मण कँडेलको नेतृत्वमा आफ्नै प्यानल खडा भएको छ, उनिहरु भने बाणगंगामा आफ्नो मत बिष्लेषणका निम्ति चुनावमा होमिने देखिन्छ । त्यस्तै रमेशचन्द्र भुसालले पनि स्वतन्त्र रुपमा नेतृत्वको दावी गर्नुभएको छ ।
स्थापनाकाल देखि हालसम्म संस्थाको गरिमा एवं उचाईका निम्ति आफ्नो महत्वपुर्ण योगदान रहेकाले एमाले काँग्रेस, माओवादी रास्वपा निकटका सबै व्यवसायीले आफूलाई विश्वास गर्ने र संघको नेतृत्व पाएपछि सबैलाई मिलाएर लैजाने आफू संग क्षमता रहेको दावी गर्नुभएका मोहन न्यौपाने संघको विभिन्न समिति उप– समिति हुँदै कोषाध्यक्ष र हाल लेखा समिति संयोजकको जिम्मेवारी कुशलतापुर्वक सम्हाल्नुभएको छ ।उहाँले वैरीयामो बाणगंगा अटो ट्रेडर्स, गजेहडामा महाशक्ति एग्रो ईण्डष्ट्रिज र बैरीयामै जय भुमि बिजनेस गु्रप सन्चालन गर्दै आउनुभएको छ । मोहन न्यौपाने नेतृत्वका युवा व्यवसायीहरु साझा व्यवसायीक संयुक्त समावेशी प्यानल खडा गरी उद्योगी व्यवसायीहरुका समस्या बुझ्दै आफ्ना २० बुँदे घोषणा पत्र लिएर व्यवसायीको मत बिस्लेषण गर्नमा व्यस्त छन् ।
यस्ता छन् मोहन न्यौपाने नेतृत्वका युवा व्यवसायीहरु साझा व्यवसायीक संयुक्त समावेशी प्यानलका उम्मेद्वार
पटक पटक संघको विभिन्न पदमा रहेर काम गरेका सामाजिक व्यक्ति विरेन्द्र खाँण बरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार हुनुहुन्छ । उहाँले चार नम्बरमा महाकाली पेट्रोल पम्प, थ्री स्टार ग्रिल, कपिलवस्तु आल्मुनियम र दर्शन मल्टि अटो भिलेज अटो ल्याण्ड सन्चालन गर्दै आउनुभएको छ ।
उद्योग उपाध्यक्ष पदका उम्मेद्वार रविन्द्र पौडेलले द गार्डेन होटल एण्ड रेष्टुरेण्ट चार नम्बर, आर एण्ड बि कन्ट्रक्सन एण्ड फर्निसिङ प्रा.लि. बनगाई, चार नम्बरमै आर आर ईन्टरप्राईजेज सन्चालन गर्दै हाउनुभएको छ भने घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कपिलवस्तुका महासचिव, नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको अध्यक्ष, होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु को जिम्मेवारी समेत सम्हालिराख्नु भएको छ ।
वाणिज्य उपाध्यक्ष पदका उम्मेद्वार नारायण पौडेलले सिद्धार्थ ट्रेडर्स (हिरो सोरुम) चार नम्बर, ईन्डोफर्म ट्रयाक्टर, सत्यवती ईन्फास्ट्रक्चर प्रा.लि.बरवा सन्चालन गर्नुभएको छ भने ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल राजपुर का अध्यक्ष, लायन्स क्लव अफ कपिलवस्तुका उपाध्यक्ष, लुम्बिनी अटोमोवाईल एसोसियसन अफ नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष, कपिलवस्तु कृषि सहकारी संस्था लि.का कोषाध्यक्ष पदमा रहि आफ्नो जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।
एसोसियट उपाध्यक्ष पदका उम्मेद्वार बुद्धिराम पौडेल हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुल पिपराका प्रबन्ध निर्देशक, लायन्स क्लव अफ कपिलवस्तुका डाईरेक्टर, नगर खेलकुद विकास समिति सदस्य हुनुहुन्छ भने एक कार्यकाल संघको सदस्य रहनुभएको छ ।
त्यस्तै वस्तुगत उपाध्यक्ष पदका उम्मेद्वार रनेन्द्र सेन कपिलवस्तु वन पैदावार उद्योग व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ, गजेहडामा निष्ठा काष्ठ उद्योग सन्चालन गर्नुभएको छ भने २ कार्यकाल संघको सदस्य रहि ४ वटा महोत्सवमा सुरक्षा संयोजकको जिम्मेवारी कुशलतापुर्वक सम्पन्न गर्नुभएको छ ।
महिला उपाध्यक्ष पदका उम्मेद्वार पबित्रा कस्मेटिक एण्ड फेन्सी स्टोर्सका सञ्चालन गर्नुभएको छ भने कपिलवस्तु हाट बजार व्यवसायी समितिका अध्यक्ष र श्री बिनायक बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यको भुमिका रहनुभएको छ ।
यता महासचिव पदका उम्मेद्वार मदन पौडेल सबै भन्दा कान्छा उम्मेद्वारको रुपमा छन् । उहाँले कोरोना संक्रमणको समयमा उद्योग वाणिज्य संघले आयोजना गरेका २ वटा महोत्सवमा स्टल संयोजकको जिम्मेवारी पुरा गरि अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपुर्ण योगदान गर्नुभएको छ ।
युवा व्यवसायी पौडेलले बोडगाउँमा माउण्ट एभरेष्ट ट्रेड लिंक सप्लायर्स, बाणगंगा सःमिल तथा फर्निचर उद्योग, माउण्ट एभरेष्ट काष्ठ तथा फर्निचर सप्लायर्स सञ्चालन गर्दै आउनुभएको छ । त्यस्तै हाल कपिलवस्तु उद्योग वाणिज्य संघका क्षेत्रगत सदस्य रहेका उहाँ कपिलवस्तु जेसीजका पुर्व महा–सचिव पनि भईसक्नुभएको छ ।
सचिव पदका उम्मेद्वार दामोदर पन्थी लायन्स क्लव अफ कपिलवस्तुका सह सचिव, सुपा देउराली माता मन्दिर व्यबस्थापन समितिका लेखा संयोजक, सुपा देउराली कृषि सहकारी संस्था लि.का कोषाध्यक्ष, पिपरा कोठि महिला सेवा सामुदायिक वन उपभोक्ता समुहको अनुगमन समिति सदस्य हुनुहुन्छ । त्यस्तै युवा व्यवसायी पन्थीले २ कार्यकाल कपिलवस्तु उद्योग वाणिज्य संघको क्षेत्रगत सदस्य, ३ वटा महोत्सवमा खानेपानी तथा सरसफाई उप समिति संयोजकको भुमिका निर्वाह गरिसक्नुभएको छ । उहाँले पिपरामा पन्थी ईलेक्ट्रीकल्स र शुभम् कृषि तथा नर्सरी फर्म सञ्चालन गर्दै आउनुभएको छ ।
त्यस्तै कोषाध्यक्ष पदका उम्मेद्वार धिरज खनाल के.एच.डी. किराना पसल तथा के.एच.डी.निर्माण सेवा सञ्चालन गर्नुभएको छ भने लायन्स क्लव अफ कपिलवस्तुको डाईरेक्टर तथा कपिलववस्तु उद्योग वाणिज्य संघको एक कार्यकाल क्षेत्रगत सदस्य भुमिका निर्वाह गरिसक्नुभएको छ ।
सह–कोषाध्यक्ष श्रीकृष्ण प्रसाद गैरे पिपरामा न्यु गैरे मदिरा पसल, न्यु सुपा देउराली काष्ठ तथा फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएको छ भने दिगो बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष, बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अनुगमन समिति संयोजक, मदिरा व्यवसायी संघ कपिलवस्तुका सदस्य, कपिलवस्तु वन पैदावार उद्योग व्यवसायी संघका जिल्ला सदस्य, नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुका उपाध्यक्ष, सुपा देउराली माता मन्दिर व्यबस्थापन समिति सदस्य हुनुहुन्छ ।
महिला सदस्य (खुल्ला) पदका उम्मे्वार मधु केसी कपिलवस्तु हाट बजार व्यवसायी समितिका उपाध्यक्ष, श्री विनायक बचत तथा ऋण सहकारी संस्था लि.का सदस्य हुनुहुन्छ ।
अर्की महिला सदस्य (खुल्ला) पदका उम्मेद्वार निर्मला अधिकारी पाण्डेले कोपवामा कृति मोटर पार्टस सञ्चालन गर्नुभएको छ ।
महिला सदस्य (खुल्ला) सकरामी थारु अनुष्का ब्युटी पार्लर बोडगाउँका सञ्चालन गर्दै आउनुभएको छ भने सौन्दर्य कला व्यवसायी संघ जिल्ला समिति कपिलवस्तुका कोषाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।
यसरी आफ्नो समुहलाई ५ दलीय गठबन्धनको नाममा चौतर्फी घेराबन्दीमा पार्न खोजे पनि बौद्धिक, शैक्षिक, सक्रिय युवाहरुको साथ र अग्रजहरुको सल्लाह सुझाव लिदै आफुहरु मैदानमा उत्रिएकाले घेराबन्दी तोड्ने तर नझुक्ने अध्यक्ष पदका उम्मेद्वार न्यौपानेले बताउनुभयो ।
२०८० माघ २३, मंगलवार १९:५७
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech