सागर बेल्बासे,कपिलवस्तु
२ फाल्गुन २०८०, बुधबार
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १२ खुम्चिकोटको श्री दरवारे आधारभुत विद्यालयमा शिक्षक तथा साहित्यकार लेखनाथ घिमिरेले सरस्वती माताको मन्दिर निर्माण गर्नुभएको छ । आफ्ना स्वर्गिय पिता लोकमणी घिमिरेको स्मृतिमा विद्यालयमा मन्दिर निर्माण गर्नुभएका लेखनाथ घिमिरे र उहाँका परिवारले आज एक कार्यक्रमका बिच मन्दिरको उद्घाटन गर्नुभएको हो ।
स्थापनाकालदेखिनै आफ्ना पिता स्वर्गिय लोकमणी घिमिरेले विद्यालय निर्माण देखि हरेक क्षेत्रमा सहयोग गर्दै आएको र सोहि स्कुलमा आफुले अध्ययन गरेको भन्दै पिताको सम्झनामा मन्दिर निर्माण गरेको लेखनाथ घिमिरेले बताउनुभयो ।
पिताको सम्झनामा करिब २ लाख रुपैयाँ खर्च गरेर विद्यालयमा मन्दिर निर्माण गरेको साहित्यकार लेखनाथ घिमिरेकी श्रीमती तुलशा घिमिरेले बताउनुभयो ।
आज सरस्वती पुजाको आवसरमा शितगंगा नगरपालिकाका मेयर छबिलाल पौडेल र उप प्रमुख गिता भाट, स्वर्गिय लोकमणी घिमिरेकी धर्मपत्नी तथा लेखनाथ घिमिरेकी माता पिउ कुमारी घिमिरेले सम्युक्त रुपमा उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष देवेन्द्र पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नगरप्रमुख छबिलाल पौडेल विशिष्ट अतिथिमा उप प्रमुख गिता भाट, अतिथिमा सोहि वडाका वडा सदस्यहरु, प्रधानाध्यापक ,स्थानिय समाजसेवी बुद्धिजिवी, मन्दिर निर्माण कर्ता घिमिरेका स- परिवार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख र उप प्रमुखले यो समयमा यस्ता सामाजिक कार्य गर्ने व्यक्ति कम हुदै गएको अवस्थामा लेखनाथ घिमिरेले गरेको यो सामाजिक कार्यको प्रसंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
शितगंगा १२ खल्याखर्कमा जन्मनुभएका साहित्यकार घिमिरे हाल कपिलवस्तुको वाणगंगामा बस्दै आउनुभएको छ।कपिलवस्तु मा पनि मौलिक संस्कृति, कला ,साहित्य संरक्षणको क्षेत्र मा घिमिरे को महत्त्वपूर्ण भुमिका रहेको छ।