२०८० फाल्गुन २५, शुक्रबार २१:५६

काठमाण्डौ 

पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।

रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९ सय ५९ आवेदकमध्ये ५५ हजार ५ सय २१ जनालाई आईपीओ परेको छ । उनीहरूमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् । आवेदन दिएकामध्ये ९ लाख ३ हजार ४ सय ३८ जनाको हात रित्तो भएको छ ।

आईपीओमा मागभन्दा १८ दशमलव २३ गुणा बढी आवेदन परेको थियो । पहिले नै कोटाको आरक्षित शेयर पाइसकेका, धेरै पटक आवेदन दिएका गरी कुल ९ सय ३८ आवेदकको आवेदन रद्द भएको छ ।

बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले गएको फागुन १३ गते सर्वसाधारणलाई आईपीओ खुलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय