२०८० चैत्र ३, शनिबार ०८:०६

काठमाडौँ ।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ । सहकारी ठगीमा पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशले उन्मुक्ति पाउँदै आएका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय