बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । विहिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री चौधरी पदमा बस्दासम्म जनताको पक्षमा काम गरेको दावी गरे । साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै कहिले कता कहिले जाने प्रवृत्तिले देशको हित नहुने बताए । अहिले संघीयताप्रति गम्भीर प्रश्न उठिरहेकोले यस प्रकारको राजनीतिक प्रबृत्तिले संघीयता सफल नहुने दाबी गरे ।