शागर बेल्बासे,बैशाख १८ कपिलवस्तु
बाणगङ्गा नगरपालिका मा आज ब्राह्मण समाज नेपाल को नगर कार्यसमिति गठन भएको छ । जिल्ला कार्यसमिति कपिलवस्तु का अध्यक्ष झबिन्द्रराज शास्त्री को सभापतित्वमा भएको बाणगङ्गा नगरपको पहिलो भेलामा उपाध्यक्ष यमलाल भट्टराई ले स्वागत मन्तव्य राख्नुभएको थियो। सचिब धर्मराज घिमिरे ,सहसचिव दुर्गा प्रसाद पौडेल जिल्ला सदस्य नोदराज पन्थी सहित ब्राह्मण समाज नेपाल का केन्द्रिय सदस्य हिमालय भुसाल समेतको उपस्थिति मा आज बाणगङ्गा नगरपालिका वडा नम्बर २ स्थित कल्याणेश्वर महादेव मन्दिर को सभाहलमा नगर भेला भएको थियो।कार्यक्रम को प्रमुख अतिथिका रुपमा वडा नम्बर २ का अध्यक्ष एबम नगर प्रवक्ता बिष्णु प्रसाद पौडेल हुनुहुन्थ्यो। विशिष्ट अतिथि बाणगङ्गा प्रज्ञा प्रतिष्ठान का अध्यक्ष बलाराम ज्ञवाली,सदस्य सुर्य प्रसाद भुसाल,विश्व हिन्दु महासंघ का जिल्ला सचिब कृष्ण खनाल,आयोजक संस्था का केन्द्रिय सदस्य हिमालय भुसाल,अतिथि सेवा निर्वित्त शिक्षक ज्ञान प्रसाद पाण्डे ,ज्वतिशाचार्य जगन्नाथ घिमिरे पिताम्बर खनाल लगायत ले शुभकामना मन्तव्य राख्नुभएको थियो।त्यसै गरि शेषकान्त पोख्रेल ,बिस्णु प्रसाद ज्ञवाली,लोकनाथ खनाल,गंगा गैरे,हरि ज्ञवाली,मुरारी बिस्ट,आचार्य पं टिकारम पौडेल ,बुद्दिराम घिमिरे ,उमा बेल्बासे बिध्या,खुमा कुमारी घिमिरे ,प्रकटेस्वर महादेव मन्दिर का पुजारी गुणनिधी ढुंगाना,डिल्ली राज खनाल,डासुराम बेल्बासे बुद्द आवाज मिडिया ग्रुपका संचालक उमाशंकर चौधरी,संचारकर्मी सरिता थारु लगायत विभिन्न संघ संस्थाको प्रतिनिधित्व सहित को उपस्थिति मा आजको कार्यक्रम सम्पन्न भएको छ।सम्पन्न भेलाले शैक्षिक एबम आध्यात्मिक युवा योगाचार्य कमल पौडेल अध्यक्ष,शैक्षिक ब्याक्तित्व सुर्य प्रसाद भुसाल उपाध्यक्ष ,ज्ञान प्रसाद पाण्डे सचीव,गंगा गैरे खराल सहसचिव,आचार्य पण्डित टिकाराम घिमिरे कोषाध्यक्ष ,सदस्य हरुमा क्रमश जगन्नाथ घिमिरे ,दामोदर ढकाल,बाबुराम खनान,राम प्रसाद पोख्रेल ,लोकनाथ खनाल,र ज्वतिषाचार्य कमल नयन पौडेल सदस्य रहेको ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।आजको कार्यक्रम मा बोल्ने सबै अतिथिहरुले ब्राह्मणहरुले आफ्नो जातिय संगठन बनाउनु कसैलाइ कम्जोर बनाउन नभै कुनै पनि अप्ठ्यारोमा रहेका अन्य जातिय संगठन का संकट लाई समेत समाधान गराइ सबैलाई ज्ञान बांड्दै हरेक संकट को सामाना गर्न सदै तत्पर रहेको इतिहास लाई सदैब स्थापित गराइरहनु पर्ने कुरा राख्नुभएको थियो।कार्यक्रम को संचालन बाणगङ्गा प्रज्ञा प्रतिष्ठान का सल्लाहकार बुद्दी सागर बेल्बासेले गर्नु भएको थियो।