२०८१ बैशाख २१, शुक्रबार १२:०२

काठमाण्डौ 

झन्डै १६ लाख नागरिक सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को पर्खाइमा रहँदा सरकारले दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेको दाबी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले लाइसेन्स वितरणलाई चुस्त र प्रभावकारी बनाउने काम भइरहेको दाबी गर्नुभएको हो । हिजो प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उहाँले लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेका जानकारी दिनुभयो ।

यसअघि विभिन्न कारणले लाइसेन्स छपाइ बन्द भएकोमा झन्डै एक महिनादेखि भने दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेको उहाँको भनाइ छ । लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन ग्लोबल बोलपत्र आह्वान गरेर नयाँ प्रविधि थपेर छपाइ र वितरणलाई तीव्रता दिने बताउँदै महासेठले अहिलेकै गतिमा छपाइको काम भए एक वर्षभित्र कामले पूर्णता पाउने बताउनुभयो ।

लाइसेन्सका लागि दुई वर्षअघि परीक्षा पास गरेका तथा नवीकरणका लागि आवेदन दिएकाको मात्र अहिले छपाइ हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय