२०८१ बैशाख २२, शनिबार ११:०८

कपिलवस्तु, 
अस्थायी ट्राफिक प्रहरी पोष्ट पिपरामा रहेका प्रहरी नायव निरिक्षक सरोज के।सी।ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयासमा लागेका छन् । हुनत उनको कार्यक्षेत्र त्यति ठुलो छैन, यद्यपि उनि ट्राफिक व्यवस्थापन र अव्यवस्थीत पार्किङमा लागि परिरहेका छन् । उनको कमाण्डमा रहेको पिपरा पोष्टले चालक तथा सहचालक लागि ट्राफिक शिक्षा पढाउनमा खटेका हुन्छन् ।

आम सर्वसाधरण लगाएत सबैलाई ट्राफिक सचेतनाका कुराहरु सुनाउनमा के।सी। उत्तिकै माहिर छन् । उनले पिपरा आएदेखी विद्यार्थीहरु संग विद्यालयमै पुगेर ट्राफिक शिक्षाको ज्ञान बाढ्ने र सचेत गराउने गरेका छन् । विद्यालयका बालबालिका हरुलाई बाटो काट्दा कसरि काट्ने, जेब्रा क्रसिङलाई कसरि प्रयोग गर्ने, ट्राफिक संकेतहरु र सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरुको बारेमा शिक्षा दिएका छन् । यस्तै दुर्घटना हुन नदिन तथा न्यूनिकरणका लागि गर्न सकिने कुराहरुको बारेमा जानकारी गराएको बताईएको छ ।

प्रहरी नायव निरिक्षक सरोज के।सी।ले यात्रुहरुका लागि पनि यात्राको क्रममा गाडिका सहचालकले लाग्ने भन्दा धेरै भाडा लिएमा, संकास्पद व्यक्तिले गाडि यात्रुलाई दुव्र्यवहार गरेमा तत्काल १०३ मा ट्राफिक प्रहरीलाई खवर गर्न उनले आग्रह समेत गरेका छन् ।
के।सी।ले नगरपालिका संगको सहकार्यमा संञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रममा चालक तथा सह चालकलाई मादक पदार्थ, लागुऔषध सेवन गरि सवारी साधन चलाएमा के कस्तो कानुनी कारवाही हुन्छ भन्ने विषयमा जानकारी गराएका छन् । उनले भने “दुर्घटनाको मुख्य कारण मादक पदार्थ, लागुऔषध हो, यसमा चालक तथा सहचालक सचेत हुनुपर्छ ।” सडकमा सुरक्षित हिँड्डुल गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । के।सी।ले पुन थप्दै भने – “सडक सुरक्षालाई प्रत्याभूत गर्नु राज्यको दायित्व हो । यो राज्यले प्रदान गर्नुपर्ने सार्वजनिक सेवा पनि हो । यसलाई व्यवस्थित बनाउन केही रणनीतिक कदम चाल्न थालिएको छ ।” सबैले ट्राफिक नियमको पालना गरिदिए सवारी दुर्घटनामा कमी आउने प्रहरी नायव निरिक्षक के।सी।ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय