२०८१ जेष्ठ ९, बुधबार १३:२२

शागर बेल्बासे कपिलवस्तु
राज्यले केही गरेन भनेर गुनासो गर्ने कुरा छाडेर बाणगङ्गा नगरपालिका वडा नम्बर ६ मनहरापुर का कृषकहरुले लक्ष्मणघाट धाम देखि मनोहरापुर जाने बाटो को बिचदेखि उत्तर तर्फ अवस्थित बोलबम कृषि तथा पशु बिकाश कृषक समुहको भवन देखि उत्तरपुर्व करिब १२ बिघा कृषियोग्य जमिनमा निकास हुने गरि करिब ५५० मिटर बाटो आफ्नै जग्गाबाट काटेर ६ मिटरको कृषि सडक आफुहरुकै लगभग २००००र दुई लाख खर्चमा सम्पन्न गराएका छन।उक्त सडक निर्माणकार्य को नेतृत्व ज्योतिष कृष्ण प्रसाद पाण्डे अध्यक्ष ,चुरामणी पाण्डे उपाध्यक्ष ,गोपाल थापा सचिब,होम बिक्रम मल्ल सहसचिब,चन्द्र बहादुर जि सि कोषाध्यक्ष को जिम्मेवारी मा रहि लिल बहादुर मल्ल,कृष्ण बहादुर खत्री,कबिता पाण्डे ,बिस्णु पाण्डे,जयराम पोख्रेल ,नित्यानन्द पाण्डे ,अर्जुन सुवेदी ,गंगा पाण्डे ,राम प्रसाद पाण्डे र कृषि समुहका फुलराम थारु समेतको प्रत्यक्ष लगानी तथा सहभागिता मा सम्पन भएको छ।

कृषकहरुको प्रत्यक्ष सहभागिता मा बनाइएको त्यो सडकबाट त्यस मार्गबाट यात्रा गर्ने सवारी ,यात्रु तथा त्यस क्षेत्र का कृषकहरुले आआफ्ना कृषि योग्य जमिन हरु मा जोताइ, मलखाद तथा उत्पादित बाली ढुवानिमा सहज हुने भन्दै खुसी ब्यक्त गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय