२०८१ जेष्ठ ३०, बुधबार ०६:२६

कपिलवस्तु ।

अत्याधिक गर्मी बढेपछि कपिलवस्तुका ३ स्थानिय तहले पुनः गर्मी विदा बिदा दिएका छन । गर्मीका कारण पठनपाठन क्रियाकलापमै असर परेको भन्दै आगामि ३२ गते सम्म जिल्लाको बाणगंगा नगरपालिका, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाले बिदा दिने निर्णय गरेका हुन ।

यहि जेठ २८ गतेको निर्णय अनुसार यहि जेठ ३० गते देखि ३२ गते शुक्रबार सम्मका लागि नगर भित्रका सामुदायिक तथा संस्थागत सम्पुर्ण वन्द गर्ने निर्णय गरिएको बाणगंगा नगरपालिकाले एक सुचना मार्फत जानकारी गराएको छ । केही दिन यता बढीरहेको गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएसगैं बालबालिकाहरुको स्वास्थ्यामा समेत प्रतिकुल असर पर्ने भएकाले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको बाणगंगाका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज कुमार तिवारीद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ ।

कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले गर्मी निरन्तर बढदै गए पछि पठनपाठनमा समस्या आएकाले बिद्यालय थप ३ दिन बिदा दिइएको बताए ।

जिल्लाका अधिकांस बिद्यालय टीनको छानो भएको र बिद्यतु समेत अनियमित हुने गरेको छ । जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरको शिक्षकहरु बताउछन । कपिलवस्तुक नगरपालिका– ६ स्थित जलवायु मापन केन्द्र रामनगर अनुसार जेठ दोश्रो साता यता जिल्लाको तापक्रम ४० सल्सीयस पुगेको छ । गर्मीका कारण साना बालबालिकाहरु कक्षा कोठा मै निदाउने, अर्धचेत हुने समस्या बढेको शिक्षकहरु बताउछन ।यस अघि जेठ १५ देखि १८ गते सम्म बिद्यालयमा गर्मी बिदा दिएका थिए । जिल्लाका अन्य ७ स्थानीय तहले समेत गर्मी बढे पछि बिदालय बन्द गर्ने बारे छलफल चलेको बताएका छन ।

पछिल्ला केहि दिन यता जिल्लाको तापक्रम ४० डिग्री सेल्सीयस भन्दा माथि पुगेको छ ।

यसैबिच जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराईका जिल्ला र सुदूरपश्चिममा अझै ३ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ । मशाखाले मँगलबाल विहान ११ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै ४० डिग्री वा सोभन्दा बढीसम्म तापक्रम पुग्न सक्ने चेतावनी दिएको हो ।

तातो हावा तथा तालो लहरबाट हुन सक्ने सम्भावित असरहरुबाट बच्न आग्रह गर्दै महाशाखाले जेठ ३१ गतेसम्म यो अवस्था रहने जनाएको छ । यस अवधिमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय