२०८१ असार १४, शुक्रबार १९:२७

काठमाण्डौ 

प्रतिनिधि सभाका सांसदहरूले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा ५२ प्रतिशतभन्दा धेरै विद्यार्थी फेल भएको विषयमा गहन अध्ययन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले एसईईको नतिजाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सांसदहरूले धेरै विद्यार्थी अनुत्तीर्ण ९फेल० हुनुमा सरकारकै दोष रहेको बताएका छन् ।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९रास्वपा० की सांसद रोशन कार्कीले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको टिप्पणी गर्नुभयो । उहाँले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो प्रकाशित एसईईको परिणामले हाम्रो अगाडि ठूलो प्रश्न चिह्न खडा गरेको छ । ५२ प्रतिशत असफल हुनु भनेको यो राष्ट्र नै असफल हुनु हो । शिक्षा प्रणाली नै असफल हुनु हो । सरकार असफल हुनु हो । शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँछु । ५२ प्रतिशत विद्यार्थीको मनस्थिति कस्तो भयो होला रु यसमा शिक्षा मन्त्रालय गम्भीर हुनुपर्छ, यसको बारेमा अध्ययन गर्नुपर्छ । विद्यालयको कमजोरी हो कि रु शिक्षा नीतिको कमजोरी हो कि रु विद्यार्थीहरू आफैँको कमजोरी हो कि रु अध्ययन गरेर जरो पत्ता लगाऔँ ।’

त्यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुत्तीर्ण भएका हुन् कि सरकार अनुत्तीर्ण भएको हो भनी प्रश्न गर्नुभयो । उहाँले शिक्षामा गुणस्तरीयता नभएका कारण यस प्रकारको परिणाम आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो रु सरकारका असफलताका कारणले विद्यार्थीहरूलाई अयोग्य ठहराइयो । सरकारले गुणस्तरीयता वृद्धि गरेर धेरै विद्यार्थीहरूलाई पास गर्न लाग्नुपर्थ्यो । ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो रु सरकारले २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीलाई तिमी अयोग्य हौ, तिमी पढेर खान सक्दैनौ, उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गर्न मिल्छ रु सरकारले नागरिकलाई त्यसरी अयोग्य घोषणा गर्न सक्छ रु शिक्षामा गुणस्तरियता नभएकोले यस्तो भएको हो ।’

बैठकमा सांसदहरूले गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको विशेष व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । हिजो प्रकाशित एसईईको नतिजाअनुसार परीक्षा दिएकामध्ये गणितमा ३८ प्रतिशत, विज्ञानका २७ प्रतिशत र अङ्ग्रेजीमा २१ प्रतिशत विद्यार्थी ुननग्रेडु मा परेका छन् ।

यस्तै जनता समाजवादी पार्टी ९जसपा० नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरू अनुत्तीर्ण हुनुको कारणबारे अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो ।उहाँले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने भनी प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय