२०८१ असार १९, बुधबार ०६:३१

काठमाडौं 

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सत्ता समीकरण बदल्न वातावरण बनाएको दाबी गरेको छ ।आज बसेको सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सुरुमा प्रधानमन्त्रीबाट कांग्रेससँग राष्ट्रिय सहमितको सरकारका लागि प्रस्ताव गरिएको दाबी गरे ।
पत्रकारसँग ज्ञवालीको भनाइः
हामीले सत्ता समिकरणमा हदैसम्मको लचकता अपनाएका थियौं । केही विषयहरु थिए तर सत्ता सहकार्य बदल्नुपर्ने तहसम्मका थिएनन् । यही सरकार अगाड बढाइरहनुपर्छ भन्नेमा थियौं ।

तर, यस बीचमा अचानक गत हप्तादेखि राष्ट्रिय राजनीतिमा तरंग सिर्जना भयो । बहालबाला प्रधानमन्त्री स्वयम्ले वैकल्पिक सरकारको बहस सुरु गर्नुभयो । यसले हाम्रोसामू केही प्रश्न खडा भयो । कसैलाई सल्लाह नगरी प्रमुख प्रतिपक्षी दलसँग उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्यो भन्दै पहल गर्नुभयो । त्यसको औचित्य र आवश्यकता के हो रु

गत वर्ष पनि हाम्रो प्रस्तावमा प्रधानमन्त्री बन्नुभयो । तर, १५ दिन नबित्दै कांग्रेससँग विश्वासको मत लिएर एमालेलाई किकआउट गर्नुभएको हो । यो पृष्ठभूमिमा हामी सशंकित हुनु स्वभाविक हो । तर, यसपाली कांग्रेसले उहाँको प्रस्तावलाई स्वीकार गरेन ।

कांग्रेसले हामीसँग राजनीतक स्थायित्वका निम्ति फरकिलो सोचौं र तपाईंहरुले नै नेतृत्व गरेर सबैलाई समेट्ने वातावरण बनाउँ भनेर प्रस्ताव गर्यो । विदेशमा उहाँहरु जानुभएको छ । भ्रमण उहाँहरुले नै गर्नुभएको छ । आफ्नो थैलिको मुख बलियो गरी बाँध्न पर्छ अरुलाई दोष लगाउन उचित हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय