काठमाडौं ।
नेपालले आसीसी यू(१९ क्रिकेट विश्वकपको एशिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यू(१९ विश्वकपमा भाग लिन पाउने छ ।
यू(१९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् ।
१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ ।









