२०८१ भाद्र २९, शनिबार १८:२७

शागर बेल्बासे 

कपिलवस्तु

२०३५ साल अंघिदेखी नै महत्त्वपूर्ण धार्मिक महिमा बोकेर स्थापना भएको श्री कल्याणेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज घिमिरे को अध्यक्षतामा पाँचौ साधारणसभा सम्पन्न भएको छ। बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरा स्थित मन्दिर को आफ्नै भवनमा भएको कार्यक्रम का प्रमुख अतिथी बाणगङ्गा नगर प्रवक्ता एबम वडा नम्बर २ का अध्यक्ष बिष्णु प्रसाद पौडेल हुनुहुन्थ्यो।

कार्यक्रम मा नेपाल सरकार का पुर्व उपसचिव सुर्य प्रसाद भुसाल को बिशिस्ट आतिथ्यता रहेको थियो भने नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेल ,बाणगङ्गा सामुदायिक पुस्तकालय का उपाध्यक्ष दोलख बहादुर पछाइ,पुर्व कार्यपालिका सदस्य टिकादेबी अधिकारी ,साहित्यकार ॠषिकेशव भारद्वाज,गुरुकुल शिक्षा प्रवर्द्धन का कमल प्रसाद पौडेल,रत्न बहादुर कार्की लगायत को आतिथ्यता मा भएको छ।उक्त कार्यक्रम मा बार्सिक प्रगती सहसचिव माधब घिमिरेले तथा आर्थिक प्रतिबेदन संस्थाका अध्यक्ष धर्मराज घिमिरेले पेश गरि छलफल सहित सर्वसम्मत अनुमोदन भएको छ।

कार्यक्रम मा कमल प्रसाद पौडेल ,अर्जुन पोख्रेल ,दोलख बहादुर पछाइ,सुर्य प्रसाद भुसाल लगायत ले हिन्दु धर्म,संस्कार,भाषा भेषभुषा,कला साहित्य संग जोडिएर संसारमै नेपालिको फरक पहिचान स्थापित गर्ने यस्ता पुण्य र पबित्र स्थलहरुको संरक्षण मा राज्यको दुरदर्शि योजना हुनुपर्ने भनाइ सहित शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रवक्ता पौडेलले स्थानिय सरकार बाट हुने सबै खाले यथासक्य सहयोगमा कंही कतै कन्जुस्याइँ नगरिने प्रतिबद्धता व्यक्त गर्दै यश मन्दिर को पहिचान,परिचय र भौतिक बिकासमा अध्यक्ष धर्मराज घिमिरेले गरेको योगदानलाई उच्च सम्मान गर्नुभएको छ। कार्यक्रम मा आजिवन सदस्यहरुलाइ सदस्यताको प्रमाणपत्र समेत बितरण गरिएको छ।
हाल सम्मका क्रियाकलाप मा महत्त्वपूर्ण सहयोग पुराउने कार्यसमिति तथा उप समिति लगायत सम्पूर्ण सहयोगिहरु प्रति कृतज्ञता प्रकट गर्दै
अपुरा कार्यलाइ पुर्णता दिन राज्यका तिनै तहका सरकार संग सहयोग र समन्वय का निम्ति विनम्र अनुरोध सहित संस्था का अध्यक्ष एबम कार्यक्रम का सभापति धर्मराज घिमिरेले कार्यक्रम को समापन गर्नुभएको थियो।कार्यक्रम को संचालन नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठान का अध्यक्ष बुद्दी सागर बेल्वासेले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय